रियल म्याड्रिड क्लब विश्वकपको क्वाटरफाइनलमा

  • काठमाडौँ,१८ असार । रियल म्याड्रिड जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।गएराती सम्पन्न नकआउट चरणको खेलमा रियल म्याड्रिडले युभेन्टसलाई १(० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।रियल म्याड्रिडको जितमा खेलको ५४औं मिनेटमा गोन्जालो ग्रासियाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
    अब रियल म्याड्रिडले आजै हुने डोर्टमण्ड र मोन्टेरीबीचको खेलको विजेतासँग क्वाटरफाइनलमा खेल्ने छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation