श्री खड्ग मा.वि.मा बधाई-सम्मान, कक्षा ११ भर्ना शुभारम्भ तथा करियर काउन्सेलिङ्ग कार्यक्रम सप्पन्न

  • बुटवल- असार
    एस इ इ २०८१ उत्तीर्ण खड्ग माध्यमिक विद्यालयका रत्नहरुलाई आज उच्च शिक्षा सम्बन्धमा करियर काउन्सेलिङ्ग सहित सम्मान कार्यक्रम सप्पन्न भएकोछ।
    परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्न सफल विद्यार्थीहरुलाई वहाहरुको अभिभावक सहित सम्मान गरिएको थियो । उक्त कार्यक्रममा १००% नतिजा दिलाउन सफल गणित विषयका शिक्षक  चुडामणि शर्मा,नेपाली विषयका शिक्षक  मोहन कलवार र अंग्रेज़ी र अर्थशास्त्र विषयका शिक्षक बाबुराम बस्नेतलाई सम्मान गरिएको थियो । सोही अवसरमा शैक्षिक सत्र २०८१ को बर्ष उत्कृष्ट शिक्षक उपाधिले  टिकाराम पौडेल लाई सम्मानित गरिएको थियो।
    विव्यस अध्यक्ष शुवास अग्रहरी को अध्यक्षता,देवदह न पा वडा नम्बर १ का वडाध्यक्ष दिपक प्रसाद नेपाल को प्रमुख आतिथ्यता, बिधालयका सस्थापक परिवारका सदस्य,बर्दघाट न पा वडा नम्बर ५ का वडा अध्यक्ष  बिमला गुरुङ्ग, सुरेन्द्र गुरुङ्ग र राजेश गुरुङ ज्युको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिधालयका सहायक प्रधानाध्यापक राजिव प्रसाद अग्रहरी को स्वागत र शिक्षक  चुडामणि शर्मा को सञ्चालनमा  सप्पन्न भएको थियो।

    सोही अवसरमा १३ जना विद्यार्थीहरु भर्ना गरि भर्ना शुभारम्भ र करियर काउन्सेलिङ्ग कार्यक्रम पनि सम्पन्न भयको थियो र जुनसुकै बिधालयबाट ग्रेड वृद्धि परिक्षामा सामेल हुने विद्यार्थीहरुको लागि निशुल्क तयारी कक्षा पनि आजैबाट संचालन गरिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation