
काठमाडौँ,१४ असार। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पार्टी राजनीतिमा सक्रिय भएको घोषणा गरेकी छन् । मदन भण्डारीको ७४ औँ जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेकी हुन् । एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् ।उनले यसको घोषणा गर्दा कार्यकर्ताहरूले हुटिङ गरेका थिए ।