हत्या गरि २१ वर्ष देखि फरार सार्की पक्राउ

  •  

    तानसेन,१२ असार । जिल्ला प्रहरी कार्यालय पाल्पाले कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्तलाई २१ वर्षपछि पक्राउ गरेको छ । साविक सिलुवा–९ हाल पूर्वखोला–१ गुनडाँडा बस्ने ५५ वर्षीय चिनीसरा सार्कीको हत्या गरी फरार रहेका सोही स्थानका ६६ वर्षीय पूर्ण बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । हत्या अभियोगमा फरार सार्की भारतमा लुकिछिपी बस्दै आएको र नेपाल फर्कन लागेको भन्ने सूचनाका आधारमा परिचालित प्रहरी टोलीले सार्कीलाई बिहिबार बिहान ४ बजे बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाको जमुनाहा स्थित भन्सार कार्यालय अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
    २०६१ असार १९ गते अन्दाजी साँझ ६ः३० बजेको समयमा ५५ वर्षिया चिनीसराको हत्या गरि पूर्णबहादुर फरार रहेको प्रहरी नायव उपरीक्षक मल्लले बताए । सार्कीमाथि मुलुकी ऐन, २०२० को ज्यान सम्बन्धी कसूरमा पाल्पा जिल्ला अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा १४(१) बमोजिम ५ दिनको म्याद लिई थप अनुसन्धानको भईरहेको प्रहरीले जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation