चटपटले फेरिएको गोमाको जिवन शैली’

  • अमिलो पिरो चटपट भन्ने बित्तिकै सबैले मन पराएको र सबैको मन जितेर सबैको मनमा बसेको बुटवलको लक्ष्मीनगर मा रहेको अर्गानिक स्वादिष्ट चटपट नै प्रसिद्ध बनेको छ । गुल्मीको मालिका गाँउपालिका वडा नं २ स्थायी घर भई हाल केही बर्ष यता बुटवललाई कर्म थलो बनाउदै आए छिन गोमा महत । उनै चटपट सञ्चालक गोमा महत संग गरिएको कुराकानी ।
    कसरी चटपटे पसल सुरुवात गर्नुभयो ?
    – गाँउमा जन्मे हुर्केकी किसान परिवारकी छोरी हु मेरो घरको आर्थिक अबस्था कमजोर थियो त्यसैले मैले अब म जस्तो युवा गाँउमा बसेर हुदैन केही गर्नको लागी म यो गाँउ छोडेर बाहिर जाने निर्णय गरे । यस निर्णय पश्चात म बुटवल बस्ने सोच गरे र बुटवल झरे । म गाँउमा बसेकी चेली मलाई बुटवल शहर बस्न त्यती सहज त थिएन तर पनि जिवन संघर्स थियो जस्तो सुकै समस्या आई परे पनि सामाना गर्नु पर्छ भन्ने आटले म अगाडी बढ्दै गए । यस्तै यस्तै सोचाईमा दिनहरु आज आज भन्दा भन्दै बित्दै थिए ।
    चटपट पसल सुरुवात गर्न भन्दा पहिला के गर्नुहुन्थ्यो ?
    – केही समय म काम पनि गरे । घर बाट लिएर आएको पैसा पनि सकिदै गयो मन मनै सोच्न थाले यसरी बसेर त हुदैन केही गर्नु पर्छ भन्ने सोचेर काम खोज्न लागे र काम पनि भेटियो । काम भेटदा त यती खुशी भएकी खुसीको सिमाना नै रहेन । जब काम गदै गए दिनहरु बित्दै गए अनि शहरको महँगी र मेरा आबश्यकाहरु पनि बढ्दै जान थाले ।अरुको मा ८ घण्टा खटेर काम गर्दा पनि मलाई त्यहाँ बाट आएको पैसाले कोठा भाँडा तिर्न र बिहान बेलुका दुई छाक टार्न पनि गाह्रो हुन थाल्यो ।
    व्यवसाय सुरुवात गर्ने सोँच कसरी आयो ?
    – फेरी मलाई मनमनै कुरा खेल्न थाल्यो अब म यसरी यो अरुकोमा जागीर गरेर पुग्दैन सानो भए पनि आफनै व्यवसाय सुरु गर्नु पर्छ भन्ने उद्देश्यले सानो लगानीमा चटपट व्यापार सुरु गरे । दुई चार सय बाट सुरु गरेको मेरो व्यवसाय अहिले दैनिक दुई चार हजार पुग्ने गरेको छ । मेरो व्यवसाय मैले सोचे भन्दा फरक तरिकाबाट फडको मारेर अगाडी बड्न थाले पछि मलाई ब्यापार गर्न थप उर्जा मिलेको महशुस गरेकी छु ।
    सुरुवाती व्यापार कस्तो थियो ?
    –दैनिक दुई चार सयको व्यापार गर्ने म अहिले आएर दैनिक पाँच देखी छ हजार सम्म मेरो आम्दानी हुने गरेका छ ।मलाई मेरो व्यावसाय प्रति गर्भ महशुस हुन्छ मलाई सबैले चटपटे अन्टी भनेर बोलाउने र चिन्ने गर्दछन मलाई चटपटे अन्टी नामले चिनिनु नै मेरो जिवनको पहिलो सफलता हो मलाई यसैमा आनन्द लागेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation