
खैरनी,१० असार । रुपन्देही जिल्लाको देवदह नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि १ अर्ब ६३ करोड ८८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १६औँ नगर सभामा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले प्रस्तुत गरेको विनियोजन विधेयकले शिक्षा, पूर्वाधार, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण संरक्षण र सुशासनमा विशेष जोड दिएको छ । यसमध्ये आन्तरिक राजस्वबाट रु। २१ करोड ८६ लाख ४६ हजार उठाउने लक्ष्य राखिएको छ । संघीय सरकारबाट अनुदान, पूँजीगत सशर्त अनुदान र सामाजिक सुरक्षालगायत शीर्षकमा रु। ८५ करोडभन्दा बढी प्राप्त हुने अनुमान छ । यसबाहेक लुम्बिनी प्रदेश सरकार, सडक बोर्ड र शहरी उत्थान कार्यक्रम (URLIP) अन्तर्गत ऋण तथा साझेदारीबाट समेत बजेट व्यवस्थापन गरिएको छ ।पूर्णपाठ :उपप्रमुख वजेट बक्तव्य 2081-03-10 final