
बुटवल, असार ।
बुटवल उपमहानरपालिकाले विद्यालय स्तरिय छात्र छात्रा भलिवल, फुटवल, कबड्डी, क्रिकेट प्रतियोगीता आयोजना गर्दै आएको छ । राष्ट्रिपनि रनिङ्ग शिल्डलाई संघीय सरकारले उपलब्ध गराएको अनुदानमा थप रकम थपेर निरन्तरता दिँदै आएको नगरले नगरको आफ्नो आन्तरिक स्रोत बाट समेत निरन्तरत खेलकुद जन्य गतिविधी गर्दै आएको छ । खेलकुदको उर्वरभूमि बुटवलसहित रूपन्देहीमा नै खेलकुद गतिविधिमा अगाडी रहेको छ ।
खेलकुदको विकासका लागि खेलाडी र खेल प्रशिक्षकलाई समेत निरन्तर तालिम समेत आयोजना गर्दै आएको बुटवलले छात्रा फुटवल प्रतियोगीतालाई समेत अगाडी बढाएको छ ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र नगर खेलकुद विकास समितिको आयोजनामा विद्यालयस्तरीय दोस्रो मेयर कप छात्र÷छात्रा फुटबल प्रतियोगिता २०८१ सम्पन्न भयो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले खेल पूर्वाधार र विकासमा फड्को मार्ने गरि लगानी गर्दै गएको बताउँछन् । ‘खेलकुद हब बनाउने गरि योजनासहित खेल पूर्वाधार विकास भएको छ,’ उनले भने ।
संघीय र प्रदेश सरकारको सहयोगमा नगरभित्र धेरै नया पूर्वाधार र पुराना खेलमैदानलाई मर्मत सम्हारको काम गर्दै बुटवलले विद्यालय स्तरका खेलकुद गतिविधीमा विशेष जोड दिएको छ । यसैगरि एन्फा एकेडेमीमा १३ वर्ष मुनिका युवा खेलाडी उत्पादनमा समेत लगानी बुटवलले लगानी गरेको छ । साथै खेलाडी, प्रशिक्षक, पत्रकार सम्मानका कार्यक्रम गरि थप प्रोत्साहनका कार्यक्रम समेत नगरबाट भैरहेका छन् । नगर खेलुकद विकास समितिका अध्यक्ष बोनि पिया राष्ट्रपनि रनिङ्ग शिल्ड संगै अन्य खेलकुदका गतिविधिमा बुटवल अगाडी रहेको बताउँछन् । उनले जिल्ला स्तरमा पनि बुटवल नगरले पटक पटक च्याम्पीयन हुँदै पुरस्कार जितेको समेत बताए ।
केही समय पहिला बुटवलमा अन्तरविद्यालय फुटबल खेल र खेलाडीहरूको विकास गर्ने उद्ेश्यका साथ बुटवलमा अन्तर विद्यालय फुटबल प्रतियोगिता गरिएको थियो । नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले फुटबलमात्र नभई धेरै खेल विकासमा नगर लगानी गरिरहेको उनले बताए ।
प्रतियोगिताको छात्रतर्फको उपाधि विजेताले नगद १ लाख रूपैया तथा उपविजेता टिमले नगद ६० हजार रूपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । यसैगरि छात्रातर्फ उपाधि विजेताले नगद ५० हजार रूपैया तथा उपविजेता टिमले ३० हजार रूपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि प्रतियोगितामा विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत पुरस्कृत भएका थिए ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
बुटवलमा सम्पन्न नगरस्तरिय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कालिका मानवज्ञान माविले उपाधि हात पारेको थियो । बुटवलको दिपनगर स्थित सिद्वेश्वरी खेल मैदानमा तीन दिनसम्म संचालन भएको प्रतियोगितामा १८ स्वर्ण,८ रजत र २ कास्य गरी २८ पदकसहित कालिकाले उपाधि हात पारेको हो। कालिका मानव माबिको पछिल्लो ३ वर्ष लगातार उपाधि जित्दै ह्याट्रिक गरेको छ।
प्रतियोगितामा १० स्वर्ण,३ रजत र ५ कास्य गरी १७ पदकसहित न्यु होराइजन मावि उपविजेतामा चित्त बुझायो । ६ स्वर्ण,६ रजत र ९ कास्य पदकसहित गार्गी एकेडेमीले तेस्रो भयो। बिजेता खेलाडी तथा विद्यालयहरूलाई बिहीबार बेलुका बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय,उपप्रमुख सावित्रा देवी अर्याल,बुटवल उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष हरिप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष तथा उपमहानगरपालिकाका प्रवक्ता शिव राना, बुटवल उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल, बुटवल उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष लोकनाथ न्यौपाने, बुटवल नगर खेलकुद विकास समिति संयोजक बोनिन पिया लगायतले शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा नगर भित्रका ५३ विद्यालयका एक हजार चार सय ७० विद्यार्थीले प्रतिस्पर्धा गरेको नगर खेलकुद विकास समितिका सह संयोजक लालहरी पाण्डेय विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको लागि कार्यक्रम गरिएको बताउँछन ।
कबड्डी प्रतियोगीता
अन्तर विद्यालय स्तरिय छात्र÷छात्रा कबडडी प्रतियोगिता समेत बुटवल उपमहनारपालिकाले आयोजना गर्दै आएको छ । बुटवलमा सम्पन्न अन्तर विद्यालय स्तरिय छात्र÷छात्रा कबडडी प्रतियोगिता २०८१ को उपाधि छात्र तर्फ कालिका मानव ज्ञान माबिले चुमेको थियो विजेता छात्र÷छात्रा दुबैले नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए भने उपविजेता टिम नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा प्रदान गरिएको थियो । प्रतियोगितामा छात्रतर्फ नवीन औधोगिक माबि तेस्रो तथा गार्गी एकेडेमी सान्त्वना भयो भने छात्रातर्फ नवीन औधोगिक माबि तेस्रो तथा मोतिपुर माबि सान्त्वना भयो । प्रतियोगिताको तृतिय र सान्त्वना हुने टिमहरुले नगद ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका थिए । बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेबि अर्याल, बुटवल नगरपालिकाका प्रवक्ता शिव राना, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले पुरस्कार वितरण गरेका थिए । मंसिर ७ देखि ९ गतेसम्म संचालन भएको प्रतियोगितामा छात्रतर्फ १९ तथा छात्रातर्फ ११ टिम सहभागी भएका थिए ।