
रामपुर,९ असार । पाल्पाको जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । सो नगरपालीकाले आगामी वर्षका लागि ८२ करोड १८ लाख ६६ हजार ६२१ रुपैयाँ बजेट सार्वजनिक गरेको छ । आइतबार भएको नगर सभाको १७ औं अधिवेशनमा आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको हो ।नगर सभामा विनियोजन विद्येयक र आर्थिक विद्येयक प्रस्तुत गर्दै उपप्रमुख बालकुमारी थापाले ८२ करोड १८ लाख ६६ हजार ६२१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नु भएको थियो । उपप्रमुख थापाले कृषि, उद्योग, पर्यटन क्षेत्रको विकास, गुणस्तरीय पूर्वाधार निर्माण, सामाजिक विकास, रोजगारीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो नगरपालिकाले संघीय समानिकरण अनुदान बाट १२ करोड २२ लाख, संघीय राजस्व बाँडफाँड बाट १० करोड ६३ लाख ९८ हजार ६२१, संघीय समपुरक पुँजीगत ९१ लख संघीय विशेष अनुदान ७५ लाख संघीय सशर्त चालु तर्फ ३५ करोड११ लाख, संघीय सशर्त चालु तर्फ २ करोड ८ लाख, प्रदेश समानिकरण अनुदान ८३ लाख २३ हजार, प्रदेश राजस्व बाँडफाँड बाट १ करोड २९ लाख ३७ हजार, प्रदेश समपुरक १ करोड २० लाख, प्रदेश ससर्त चालु तर्फ १५ लाख ८ हजार र पूँजीगत तर्फ ३ करोड र आन्तरिक स्रोत अल्या सहित १४ करोड जुटाउने अनुमान गरेको छ ।
व्याय तर्फ चालु खर्चमा ६० करोड ५० लाख ५८ हजार २०६ र पूँजिगत खर्च २१ करोड ६८ लाख ८ हजार ४१५ विनियोजन गरेको छ । नगरपालिकाले १० वटै वडालाई समान रुपमा ६०र६० लाख, नगर स्तरीय योजनाको लागि १ करोड ८५ लाख, पर्यटकिय स्थलको सौन्दर्यकरणका लागि ६७ लाख,सहकार्यमा योजना कार्यान्वयनका लागि ३ करोड ५० लाख, विपद् कोषका लागि ५० लाख, युवा स्वरोजगार कार्यक्रमलाई ५० लाख विनियोजन गरिएको उपप्रमुख थापाले जानकारी दिनुभयो । खेल क्षेत्रको विकासको लागि २ करोड लागत अनुमानको किसानबारी खेल मैदानलाई नगर गौरवको योजना राखि यसै वर्ष सुरु गर्न ५० लाख विनियोजन गरेको जानकारी दिनुभयो ।नगर सभामा रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले आगामी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । थापाले नगरवासीको सर्वाङ्गङ्गीण विकास संगै समृद्धि सुशासन सेवा प्रवाहका साथ तिव्र विकासको संकल्प सहित नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो । विगतका केही कार्यक्रमलाई निरन्तरता संगै अन्य थप योजना अघि सारेको छ । नगरपालिकाले नीति तथा कार्यक्रममा उत्पादन वृद्धिका लागि ‘कृषि उत्पादकत्व वृद्धिः रामपुरको समृद्धि’को नारा अघि सारेको छ ।नगरपालिकाले बालीवस्तुको उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन र निर्या प्रवद्र्धनको योजना अघि सारेको छ । साथै फलफूलका विरुवा उत्पादन गरी सामुहित तथा नीजि बगैचा विकास गरिने थापाले बताउनुभयो । सिंचाईलाई व्यवस्थित गर्न कृषकका गरा सबै हराभरा भन्ने अभियानलाई अघि सारेको छ । निस्दीखोला लगायत अन्य खोलाको केही क्षेत्रमा माछा पकेट क्षेत्र बनाइने नीति लिएको छ ।
उत्पादनमा निर्यातलाई प्रोत्साहन गर्ने नीति लिएको छ । पर्यटन प्रवद्र्धनका लागि रामपुरको पहिचान राम सर्किटको अभियानको नारालाई अघि बढाएको छ । कालीगण्डकी डाईभर्सन आयोजनाले नगरपालिकाको प्रकृतिक धार्मिक, सामाजिक र आर्थिक अस्तित्व माथि प्रतिकुल असर पार्ने भएकाले यसलाई रोक्नका लागि नदी संरक्षणका लागि आवश्यक पहल गरिने जानकारी दिनुभयो । साथै रोजगारी सृजनाका लागि मिसन रोजगारीः दिगो रोजगारी र उद्यमशीलता प्रवद्र्धन अभियान सञ्चालन गरिने थापाले बताउनुभयो । बसाई सराईलाई निरुत्साहित गर्न घनाबस्ती र सहरउन्मुख क्षेत्रमा वस्ती विकासका कार्यक्रम सञ्चालन गर्ने, होमस्टे सञ्चालनलाई प्रवद्र्धन गर्ने नीति लिएको छ ।
कार्यक्रममा लेखा समितिका संयोजक तेज बहादुर राना, अनुगमन तथा सुशासन समितिका संयोजक मोहन बहादुर राना र न्यायिक समितिका सदस्य खेमराज अधिकारीले आफ्नो मातहतका समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सभामा रामपुर नरपालिका ३ का वडा अध्यक्ष दामोदर पाठक, वडा नं। ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साथै सभाको शुन्य वडा नं। १० का वडा अध्यक्ष्न तोयानाथ सारुले कालीगण्डकी डाईभर्सनको विरोध गर्दै संकल्प प्रस्ताव पास गर्न माग गर्नु भएको थियो । रामपुर ६ का वडा सदस्य हरिनाथ ढुङ्गानाले बेरुजु घटाउन पहल गर्नु पर्ने धारणा राख्नुभयो । विशेष समयमा रामपुर नगर प्रवक्ता कपिल बहादुर खाँण व्यापक रुपमा छलफल गरेर योजना तथा कार्यक्रमलाई अघि बढाउन सकिने बताउनुभयो । रामपुर–६ का वडा अध्यक्ष दिवाकर देवकोटा, रामपुर–८ का वडा अध्यक्ष दिनेश आचार्यले पनि आफ्नो धारणा राख्नुभयो ।
नीति तथा कार्यक्रममा सभा सदस्यहरु कपिल बहादुर खाँण, दिनेश आचार्य र दामोदर पाठकले आफ्नो राय पेश गर्नु भएको थियो । विनियोजित बजेट माथि रामपुर ३ का अध्यक्ष पाठक, रामपुर ४ का वडा राम बहादुर राना, रामपुर ७ का वडा अध्यक्ष दोवराज तिवारी, ४ का वडा सदस्य मोहम्मद अजिम शेखले आफ्नो सुझाव पेश गर्नु भएको थियो । सभामा पेश भएको नीति तथा कार्यक्रम, आर्थिक विद्येयक, विनियोजन विद्येयक र विभिन्न समितिका प्रतिवेदन थप छलफल पश्चात सर्वसम्मत रुपमा पारित भएको छ ।
रामपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डित ज्यूले सूचना वाचन पश्चात सुरु भएको सभा नगर प्रवक्ता एवं वडा नं। १ का वडा अध्यक्ष कपिल बहादुर खाँणको स्वागत बाट सुरु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई आर्थिक विकास समितिका संयोजक दुर्गा देवी भण्डारी गौतमले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले गर्नु भएको हो ।