११ महिनामा विदेशिए ७ लाख ६० हजार युवा

  • काठमाडौँ, ७ असार । चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिनामा कामको खोजीमा ७ लाख ६० हजार ३ सय ९१ युवा विदेसियका छन् ।
    वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार जेठमा मात्र ७४ हजार ४ सय ६७ जनाले श्रम स्वीकृति लिएका छन् । यस अनुसार हरेक महिना औसत ६९ हजार १ सय २६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।तथ्यांक अनुसार यस वर्ष सबैभन्दा धेरै यूएईमा युवाले श्रम स्वीकृति लिएका छन् । यसबाहेक साउदी अरब, कतार, मलेसिया सहित गन्तव्यमा धेरै युवाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।
    विभागका अनुसार जेठमा मात्र यूएईमा २४ हजार ७ सय ४ जनाले श्रम स्वीकृति लिएका छन् । साउदीमा ११ हजार ९ सय ६१ र कतारमा ११ हजार ९१ जनाले श्रम स्वीकृति लिएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation