कालीगण्डकी ‘करिडोर’शुक्रबारदेखि अवरुद्ध

  • गुल्मी, ७ असार । शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर निरन्तरको पहिरोका कारण आज पनि खुल्न सकेन। गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका-१ अन्तर्गत हर्मीचौर-अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । पहिरो रोकिएकाले सडक सञ्चालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले बताए । “सडक माथिबाट लगातार सुक्खा पहिरो झरिरहेको छ, हामीले यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको सूचना अधिकारी सारुले खबर खातालाई जानकारी दिए । उनले तत्कालै उक्त सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको बताए ।
    पहिराले अवरुद्ध रिडी-बामीटक्सार सडकखण्ड भने एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको छ । उक्त सडकखण्ड अन्तरगत चन्द्रकोट गाउँपालिका-७ स्थित सिस्ने भीरमा सडक माथिबाट खसेको पहिरोको केही भाग हटाएपछि सडक आंशिक रूपमा सञ्चालन गरेको प्रहरीले जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation