
काठमाडौ,७ असार ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा पत्रकार सुरेश रजकको परिवारलाई ३ लाख आर्थिक सहयोग गरेको छ। चैत १५ गते तीनकुने घटनामा रजकको आगलागीमा परी मृत्यु भएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी,कोषाध्यक्ष लिमा अधिकारी र कोष व्यवस्थापन विभागका सदस्य जगदीश खरेल स्व। पत्रकार रजकको घर पुगेर परिवारलाई रास्वपाले सहयोग गरेको पार्टीले जनाएको छ। आगामी दिनमा पत्रकारको सुरक्षाप्रति राज्य संयन्त्र, राजनीतिक दल र आन्दोलनकारी जिम्मेवार रहन माग गरेको छ।