शनिबारदेखि भैरहवामा ‘एसियन बुद्ध टी–१० क्रिकेट’ प्रतियोगिता

  • भैरहवा,६ असार । रुपन्देहीको भैरहवामा शनिबारदेखि टी–१० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा ‘एशियन बुद्ध टी–१० क्रिकेट–२०८२’ हुन लागेको हो । शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएका हुन् ।क्लबका अध्यक्ष हरि बहादुर थापाले सिद्धार्थ क्रिकेट रंगशालामा हुने प्रतियोगितामा रुपन्देहीका क्लब र एकेडेमीहरु गरी १४ वटा टीम सहभागी हुने जानकारी दिए । ‘प्रत्येक खेल १० ओभरको हुनेछ, एक दिनमा १३ वटा खेल हुनेछन् । ३ दिनमा खेल सकिनेछ, ’उहाँले भन्नुभयो । प्रथम हुनेलाई नगद रु। ८० हजार र उपविजेतालाई रु। ४० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने बताए । त्यस्तै सेमीफाइनल खेल खेल्ने दुईवटा टीमलाई नगद रु। १०/१० प्रदान गरिने उहाँले बताए। त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु। १ हजार २ सय र प्रमाणपत्र तथा म्यान अफ द सिरिजलाई रु। १२ हजार, बेस्ट ब्याटरर र बेष्ट बलरलाई रु.८/८ हजार, उत्कृष्ट क्याच समात्ने र धेरै छक्का हान्ने खेलाडीलाई रु। २ हजार ५ सय पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् । त्यस्तै दर्शकले छक्का क्याच समातेमा रु. ५ सय पुरस्कार प्रदान गरिनेछ । यस्तै, उत्कृष्ट क्याच र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत समान २ हजार ५ सय तथा दर्शकदिर्घाबाट छक्का क्याच गर्ने दर्शकलाई पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको मुख्य प्रायोजक रहेको भैरहवाको एशियन बुद्ध होटलका महाप्रबन्धक ओमप्रकाश पाण्डेले होटलको चौथो वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत प्रायोजन गरिएको जनाए ।
    ‘होटलले सधैं विभिन्न कार्य गरी सामाजिक उत्तरदायित्व बहन गरिरहेको छ’, उनले भने, ‘मुलुकलाई विश्वमा चिनाइरहेको क्रिकेटलाई प्रवद्र्धन गर्न पाउँदा थप खुशी भएका छौं ।’ उनले होटलले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।
    प्रतियोगिता आईसीसीको टी–१० फम्र्याटमा संचालन गरिनेछ । यस्तै, एउटा टिमले कम्तिमा रुपन्देही जिल्ला बाहिरका तीनजना खेलाडीलाई समावेश गर्न पाउनेछन् । बाहिरी खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जुनसुकै क्षेत्रका भए पनि मान्यता दिइने खेल संयोजक विष्णु कटारियाले जानकारी दिए । प्रतियोगिताको शनिबार बिहान सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation