
बुटवल, ,४ असार । विगत १६ वर्षदेखि बुटवल उपमहानरपालिका वडा नम्बर ९ मा अवस्थित रहेर व्यवस्थापन विषयमा विशिष्टीकृत शिक्षा प्रदान गर्दै आएको सिद्धार्थ इन्टरनेशनल कलेजले मेड ईन नेपाल कार्यक्रम गरेको छ । पोखरा विश्व विद्यालयबाट सम्बन्धन कलेजले नेपाली ह्याण्ड नेपाली ब्रान्ड व्यवसायिक मर्मलाई आत्मसात् गरी सम्पन्न उक्त कार्यक्रमको मुख्य उदेश्य नेपाली उद्यमशीलता, संस्कृति र उत्पादनहरुको प्रबर्धन गर्न कार्यक्रम आयोजना गरिएको थियो । एस कार्येक्रममा ईन्सपायर एक्स द्वारा “बुटवल र यसको बाहिरका अवसरहरू“ विषयमा प्यानल छलफल कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा केपीआई हेल्मेटका निर्देशक सुमन बश्याल तथा मणिग्राम विश्राम बाटिका प्रा.लि.का निर्देशक प्रणन्दा दीक्षित प्यानलिस्टहरू थिए । उक्त सत्रको मोडरेटर ईन्सपायर एक्स का संस्थापक विशाल श्रेष्ठ रहेका थिए । तेसैगरी कार्यक्रममा नेपाली युवा उद्यमीद्वारा उत्पादित वस्तु तथा सेवाका २१ वटा स्टलहरु रहेका थिए। संस्कृति प्रवद्र्धनका लागि विद्यार्थी द्वारा नृत्य प्रद्शन,स्थानीय नेपाली ब्यान्ड द्वारा विशुद्ध नेपाली गीत तथा संगीत प्रस्तुत गरिएको थियो । सिद्धार्थ इन्टरनेशनल कलेज व्यवस्थापन समिति र सिद्धार्थ इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी परिषद्को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कलेजका प्रचाय राम प्रसाद खरेल , कलेज व्यवस्थापन समितिका उपाध्यक्ष चिरन्जीवी जोशी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल लगायतले आ आफ्नो भनाई राखेकाथिए । कलेजको तर्फबाट सम्पूर्ण कार्यक्रमको संयोजन कलेजका प्राध्यापक सन्देश श्रेष्ठले कार्यक्रमको उदेश्यबारे प्रकाश पारेका थिए । कार्येक्रममा विद्यार्थी कल्याणकारी परिषद का अध्यक्ष दिक्च्या पौडेलले कार्यक्रम सफल बनाउन सबैलाई धन्यावाद दिएका थिईन् । कार्यक्रम सँगसँगै बुटवल संग जोडिएका शैक्षिक तथा औद्योगिक सम्भावना त सम्भाव्यताको बारेमा बहस कार्यक्रम समेत सञ्चालन गरेको थियो ।