चिदिका–रुपन्देही सम्पर्क समाजद्वारा छात्रछात्रालाई पोशाक वितरण

  • बुटवल, ३ असार । चिदिका–रुपन्देही सम्पर्क समाज रुपन्देहीद्वारा छत्रदेव–१ चिदिकामा रहेको देविडाँडा आधारभूत विद्यालयमा अध्यनरत छात्र छात्रालाई विद्यालयकै प्राङ्गणमा निःशुल्क टिशर्ट वितरण गरेको छ । समाजले एक कार्यक्रमका बिच विद्यालयमै पुगेर टिशर्ट हस्तान्तरण गरेको हो । समाजको प्रतिनिधित्व गर्दै आएका समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, वर्तमान अध्यक्ष गीता ज्ञवाली, सचिव हेमनाथ ज्ञवाली, कोषाध्यक्ष राम प्रसाद पन्थी, सहसचिव टेक नारायण टन्डन, सदस्यहरु पवन ज्ञवाली, कमल भण्डारी लगायतले विद्यार्थीहरुलाई टिशर्ट वितरण गरेका हुन् ।त्यस अवसरमा बोल्ने वक्ताहरुले चिदिका रुपन्देही सम्पर्क समाज चिदिकाको सर्वपक्षीय विकासको लागि सधै तत्पर रहेको बताएका थिए । समाजले रुपन्देही र चिदिकामा निरन्तर रुपमा विभिन्न रचनात्मक र सामाजिक सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।कार्यक्रममा समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, अध्यक्ष गीता ज्ञवाली, सचिव हेमनाथ ज्ञवाली विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कविराज ज्ञवाली, प्रधानाध्यापक धर्मराज पाण्डे, समाजसेवीहरु बद्री प्रसाद घिमिरे, हरि पाण्डे, यादव ज्ञवालीसहित विभिन्न स्थानीय समाजसेवी राजनीतिक दलका प्रतिनिधि लगायतले भनाइ राख्नुभएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation