
काठमाडौँ,२ असार। काठमाडौँ जिल्ला अदालतले राप्रपा महामन्त्री डा.धवलशम्शेर राणासँग तीन लाख रुपैयाँ धरौटी मागेको छ ।
राणाको थुनछेक बहसपछि न्यायाधीश शिवप्रसाद खनालले सो आदेश गरेका हुन् ।
सोमबार बिहानै अदालतमा उपस्थित भएपछि आजै उनको बयान गरिएको थियो । २०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको थियो ।
राणालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजायको मागदावी लिइएको थियो । यसअघि प्रहरीले अनुसन्धान पूरा गरेर उनलाई हाजिर जमानीमा रिहा गरेको थियो ।