
बुटवल ,१ असार । नेपाल फार्मेसी संघ लुम्बिनीको अध्यक्षमा खेमराज तिवारी निर्वाचित हुनु भएको छ । शनिबार कपिलबस्तुको चन्द्रौटामा सम्पन्न साधारण सभा तथा अधिवेशनले तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा सुभेन्द्रप्रसाद यादव, शुभम अधिकारी र शुभेक्षा गौतम निर्वाचित हुनु भएको छ । त्यसैगरी महासचिवमा उदयबहादुर खत्री, सचिवमा महेश रानाभाट र सुनिल द्विवेदी, कोषाध्यक्षमा ओजस्वी राजथला तथा कार्यसमिति सदस्यहरुमा सुजाता डाँगी, विमल घर्ती मगर निर्वाचित हुनु भएको छ ।
कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष युवराज भुसालले जहाँ औषधी त्यहाँ फर्मासिष्ट आफूहरुको अभियान भएको बताउँदै त्यसको कार्यान्वयनमा जोड दिनुभयो । संघका प्रदेश अध्यक्ष गोविन्द तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा संघका निवर्तमान केन्दद्रीय अध्यक्ष किरण ढकाल, केन्द्रीय सचिव ध्रुवकुमार शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा लुम्बिनी प्रदेशका सबै जिल्लाका अध्यक्षहरुले जिल्लाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।