न्यु पक्लिहवा तेक्वान्दो डोजाङ्गद्धारा प्रमाणपत्र तथा बेल्ट वितरण

  • बुटवल,३१ जेठ । न्यु पक्लिहवा तेक्वान्दो डोजाङ्गको प्रमाणपत्र तथा बेल्ट वितरण कार्यक्रम गरिएको छ । पक्लिहवा माविका प्रधानाध्यापक बसन्त कुमार बस्नेतको सभाअध्यक्षमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्को रूपन्देही जिल्ला तेक्वान्डो प्रशिक्षक तथा भैरहवा तेक्वान्डो क्लबको प्रमुख प्रशिक्षक प्रकाशमान राजभण्डारी को प्रमुख आतिथ्यता रहेको थियो । यस्तै विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशील गुरुङ र बेलहिया माविका प्रधानाध्यापक बिना भण्डारी पाठक को विशिष्ट अतिथ्यिता रहेको थियो ।
    यस्तै ईनरह्वील क्लव अफ लुम्बिनीका उपाध्यक्ष नारायणी नेपाल, नेपाल रेडक्रस सोसाईटी बेलहिया उप शाखा अध्यक्ष राकेश गुरुङ्ग, नयाँ गाउँ रानी गाउँ दुर्गा मन्दिर समितिका अध्यक्ष यम बहादुर थापा माईलाको विशिष्ठ आतिथ्यता रहेको थियो ।
    प्रशिक्षार्थी यम कुमारी थापाको सञ्चालनमा भएको कार्यक्रममा पक्लिहवा माविका शिक्षक तथा प्रशिक्षार्थी चेत कुमारी गुरुङ्गले स्वागत मन्तव्य राखेका थिए । पक्लिवहा तेक्वान्दो डोजाङ्गका मोहम्मद हुसेन सुल्तानको संयोजकत्वमा भएको कार्यक्रममा दिपक न्यौपाने, तेजेन्द्र गुरुङ्ग, आवजेश कहाँर, मिना गुरुङ्ग, आर्यन पौडेल, विकास बस्नेत, देवी प्रसाद न्यौपाने, गीता नेपाल, सारिका थापा गुरुङ्ग, शर्मिला गुरुङ्गको आतिथ्यता रहेको थियो ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्को रूपन्देही जिल्ला तेक्वान्डो प्रशिक्षक तथा भैरहवा तेक्वान्डो क्लबको प्रमुख प्रशिक्षक प्रकाशमान राजभण्डारीले तेक्वान्दो मात्र खेल नभई अनुशासन लगनशीलता ध्यान केन्द्रित गर्ने क्षमता जस्ता जीवनपयोगी सीपहरू आर्जन गर्न सकिने हुनाले तेक्वान्डोखेलको महत्व रहेको र बेल्ट अपग्रेडेड खेलाडीहरुलाई शुभकामना तथा बधाई दिएका थिए ।
    विशिष्ट अतिथि सुशील गुरुङ ले शुभकामना मन्तव्य दिदै तेक्वान्दो खेलले शारीरिक मानसिक स्वास्थ्यको लागि महत्त्वपूर्ण भूमिका खेल्ने त्यसैगरी यस्ता खेलले विशेषगरी महिला सशक्तिकरणलाई टेवा पुग्ने बताएका थिए । शारीरिक तन्दुरुस्तीको तेक्वान्डो जस्तो मार्सल आट्र्स महिला पुरुष सबैको लागि अत्यन्त लाभदायी हुने धारणा उनले राखेका थिए ।
    कार्यक्रममा प्रमाणपत्र तथा वेल्ट वितरणको साथसाथै दोजाङमा रहेका अनुशासित प्रशिक्षार्थीलाई पनि पुरस्कृत गरिएको थियो। जस्मा छात्र अनमोल नेपाली , छात्रातर्फ मोनिका पासी रहेका छन् । बुटवल तेक्वान्दो दोजाङद्वारा आयोजित तेस्रो जिल्लास्तरीय खुल्ला मेयर कप च्याम्पियनसिप २०२५मा सहभागी भएर न्यू पक्लिहवा तेक्वान्दो दोजाङलाई पहिलो पदक दिलाउन सफल दुईजना खेलाडीहरूलाई सम्मान गरिएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation