
बुटवल,३१ जेठ । नेपाल मोवाइल वितरक संघ लुम्बिनीले ३१ दिनमा चार हजार लिटर निःशुल्क पानी वितरण गरेको छ । बैशाख ३१ देखि जेठ ३० गतेसम्म सञ्चालन गरिएको निःशुल्क वितरण संघका नि बर्तामान अध्यक्ष हरि पोखरेल केसीले जानकारी दिए । नेपाल मोवाइल वितरक संघ लुम्बिनीले बुटवल को विभिन्न ठाँउ ट्फिकचोक, विपिचोक बल्डबैक अगाडी,दुर्गामन्दीरलाइन मा पानी समेत वितरण थियो ।
यसअघि समयसमयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिँदै जाने पोख्रेल जनाए । सघंले आयोजना गरेको कार्यक्रममा सहयोग गर्ने उद्योगी व्यवसायी तथा समाजसेवीहरुलाई उनले धन्यवाद ज्ञापन गरे । समय बुटवलमा अत्यधिक गर्मी भएको र हिँडडुल गर्ने व्यक्तिलाई प्यास धेरै लाग्ने हुँदा उनीहरूको प्यास मेटाउन निःशुल्क पानी वितरण गरिएको पोखरेले बताए ।