लुम्बिनी प्रदेशमा भूम्या पूजाको अवसरमा चार जिल्लामा असार १ गते विदा

  • रोल्पा,३० जेठ । भूम्या पूजाको अवसरमा लुम्बिनी प्रदेशका चार जिल्लामा बसोबास गर्ने भूम्या पूजा गर्दै आएका समुदायलाई असार १ विदा दिने निर्णय भएको लुम्बिनीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरु रोल्पा, रुकुम पूर्व, प्यूठान तथा दाङमा विदा दिइएको हो । यी प्रदेशका ४ जिल्लामा प्रदेश सरकारले सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो । भूम्या खाम मगर बोल्ने मगर समुदायको प्रमुख पर्व हो । भूम्यामा मगरहरू भूमि देवताको पूजा गर्छन् । आफ्नो भूमि र भूमि देवप्रतिको श्रद्धा यसको उद्देश्य रहँदै आएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation