
बागलुङ,३० जेठ । आज साँझ बागलुङको ढोरपाटन नगरपालिका-५ अस्तुमा भएको जिप दुर्घटनाका मृतक र घाइते सबैको पहिचान खुलेको छ ।
दुर्घटनामा परी ढोरपाटन नगरपालिका(२ की ७० वर्षीय नरबहादर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनेहरुमा जिप चालक बागलुङ ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय गोविन्द थापा, यात्रुहरू सोही ठाउँकी १८ वर्षीया लुम्बिनी महत, २३ वर्षीया इन्द्रा कुँवर, २९ वर्षीया निरमाया खत्री, ३८ वर्षीया देवी परियार, ५३ वर्षीया दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय वियानो बुढा मगर, ५ वर्षीय विनय बुढा, ७५ वर्षीया मनकुमारी थापा, २१ वर्षीया टिकाकुमारी कुँवर, ढोरपाटन नगरपालिका(५ की ३५ वर्षीया डल्ली विक, ढोरपाटन–१ का ११ वर्षीय शिशिर कार्की र ढोरपाटन–५ की ३० वर्षीया टनमाया कुँवर गरी जम्मा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।। घाइते सबैको बुर्तिबाङ प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।