
बुुटवल,२९जेठ २९ । नेपाल प्रेस युनियन रुपन्देहीको आयोजनामा भएको दुई दिने विकास पत्रकारिता तालिम समापन गरिएको छ ।
समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले पत्रकारितामाथि आक्रमण र त्रासको वातावरण बनेको भन्दै स्वतन्त्र प्रेसका पक्षमा सबै एकठाउ र निर्भिक भएर उभिनुपर्ने बताउनुभयो । उहाँले पत्रकारहरुले सधै आलोचनात्मक चेत बोकेर काम गरिरहनुपर्ने बताउनुभयो ।
तालिममा प्रमुख प्रशिक्षकका रुपमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेल,प्रेस युनियनका केन्द्रीय सदस्य रेखा भुसाल,सल्लाहकार माधव नेपाल,पूर्व अध्यक्ष खिमानन्द भट्टराई, हरिष ढकाल, भवानी प्रसाद पाण्डे,अग्रज बिष्णु भुसाल लगायतले अनुभवसहित सहजीकरण गरेका थिए ।
प्रेस युनियन रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा रुपन्देहीका करिब १ सय ५० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रेस युनियनका सदस्य एवं सर्जक डिल्लीनारायण पाण्डेयलाई दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको छ । पाण्डेयले बुटवलसहित बिभिन्न ४ वटा नगरका गान रचना गर्नुभएको छ । कार्यक्रममा सर्जक पाण्डेयले युनियन गरेको सम्मानप्रति आभार ब्यक्त गर्नुभयो ।
युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो भने तालिमको संयोजकमा उपाध्यक्ष कल्पना तिवारी रहुनभएको थियो ।
सर्जक डिल्लीनारायण पाण्डेयलाई युनियनको सम्मान :
नेपाल प्रेस युनियनले आफ्ना सदस्य एवं सर्जक डिल्लीनारायण पाण्डेयलाई सम्मान गरेको छ । बुटवलमा संचालित दुइ दिने विकास पत्रकारिता तालिमको समापनका अवसरमा पाण्डेयाइ दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको हो ।
पाण्डेयले बुटवलसहित बिभिन्न ४ वटा नगरका गान रचना गर्नुभएको छ । उहाँलाइ नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष एवं तालिमका प्रमुख प्रशिक्षका विपुल पोखरेल,अध्यक्ष कविन्द्र नेपाल लगायतले सम्मान गर्नुभएको हो ।
सो अवसरमा बोल्दै सर्जक पाण्डेयले नेपाल प्रेस युनियनको सम्मानले आफुलाइ अझै जिम्मेबारी थप गरेको भन्दै कलम चलाउने कामलाइ अझै तीब्रताका साथमा अगाडि बढाउने बताउनुभयो ।