
दिल्ली,२९जेठ । बिहीबार लण्डन जाँदै गरेको एयर इन्डियाको उडान नम्बर १७१ अहमदाबाद गुजरातको मुख्य शहर, करिब ८० लाख जनसङ्ख्या भएको र घना बस्तीले घेरिएको व्यस्त विमानस्थल क्षेत्र हो। विमान दुर्घटनामा परेका एक यात्रू जीवित रहेका छन् ।आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त विमान हुँदा अहिलेसम्म २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ । विमानमा २४२ जना सवार थिए, जसमा २३२ यात्रु र १० जना चालक दलका सदस्य थिए। अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
प्रहरी आयुक्तले केही जीवित सक्ने बताएका छन् । उनले ४१ जनाको अस्पतालमा उपचार भइरहेको र राहत तथा उद्धार कार्य जारी बताएका छन् । घाइतेमा विमानमा सवार बाहेक अन्य समेत रहेको बताइएको छ सबै २४२ जनाको मृत्यु भएको अनुमान गरिएको छ। विमान आवासीय र कार्यालय क्षेत्रमा खसेकाले हताहतको संख्या बढ्न सक्छ।” एयर इन्डियाले जनाएअनुसार यात्रुमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगाली र १ क्यानेडियाली थिए।
स्थानीय पुनम पटनीले एएफपीसँग भने, “घटनास्थलमा धेरै शवहरू थिए, धेरैजसो जलेर चिन्न नसकिने अवस्थामा। अग्निनियन्त्रकहरूले आगो निभाइरहेका थिए।”‘सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स’ले सार्वजनिक गरेको तस्वीरमा विमानको पछाडिको भाग भवनमा ठोक्किएको देखिन्छ। विमान सिभिल अस्पताल र ‘हर्स क्याम्प’ नजिकै खसेको थियो।