
बुटवल,२९ जेठ । अनेरास्ववियुको २४ औँ महाधिवेशन महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । अध्यक्षका लागि डा. सुजन कडरिया र प्रकाश ढकाल प्रतिस्पर्धामा छन् । दुवै पक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका हुन् । डा. कडरियाको प्यानलमा दीपक धामी महासचिव, उपाध्यक्षमा राजकुमार ढकाल, उपाध्यक्ष (महिला) अञ्जना सिवाकोटी रहेका छन् । भने पौडेलको प्यानलबाट आरके रोमस महासचिवमा भिड्दै छन् । दुवै पक्ष अनेरास्ववियु पक्तिमा निकै लोकप्रिय मानिएका छन् । उनीहरू दुवै पक्षले घोषणापत्र नै सार्वजनिक गर्दै चुनावी मैदानमा होमिएका हुन् ।