नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको लक्ष्य

  • बुटवल,२७ जेठ ।आईसीसी विश्वकप लिग-२ अन्तर्गतको सिरिजमा नेपालले नेदरल्यान्डससामु २३७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
    स्कटल्याण्डमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाउन सक्यो ।नेपालका लागि आरिफ शेखले अर्धशतकीय इनिङ खेले । आरिफले ८५ बलमा ८४ रनको योगदान दिए । उनले ७ चौका र २ छक्का प्रहार गरे । अन्य ब्याटर खासै चल्न नसक्दा नेपालको ब्याटिङलाई आरिफले उकासेका हुन् ।
    कुशल भुर्तेल १८, अनिल शाह २, भीम सार्की ३५, कप्तान रोहित पौडेल ३५, दीपेन्द्रसिंह ऐरी १६, बसिर अहमद ११ , सन्दीप लामिछाने २ र करन केसी ११ रन बनाएर आउट भए । नन्दन यादव १० रनमा अविजित रहे ।
    बलिङमा नेदरल्यान्डसका पल भ्यान मीकेरेनले ४ र माइकल लेभिटले ३ विकेट लिए । स्कटल्याण्डमा जारी सिरिजमा नेपालले २ खेलमा जित र एक खेलमा हार बेहोरेको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation