सिद्धार्थ इन्टरनेसनल कलेजमा मेड ईन नेपाल कार्यक्रम हुने

  • बुटवल, जेठ । बुटवल, सिद्धार्थ इन्टरनेसनल कलेज, बुटवलको आयोजना । नेपाली ह्यान्डस, नेपाली ब्रान्ड – हाम्रो गौरव, हाम्रो पहिचान नाराका साथ मेड ईन नेपालः नेपाली ह्यान्ड्स, नेपाली ब्राण्ड्स कार्यक्रम हुने भएको छ । यहि असार ४ गते कार्यक्रम कलेजकै प्राङ्गण, राजमार्ग चौराहामा हुनेछ । कार्यक्रमको उद्देश्य नेपाली उद्यमशीलता, संस्कृति र उत्पादनहरूको प्रवद्र्धन रहेको कलेजले जनाएको छ । १० जना स्थानीय उद्यमीहरूका उत्पादन र सेवासहितका स्टलहरू राखिनेछन् ।
    जसबाट विद्यार्थीहरुले नेपाली ब्रान्डहरूलाई प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्। कार्यक्रमको आकर्षणहरूमाः उद्यमी यात्रा साझेदारी र प्यानल छलफल नेपाली उत्पादन प्रवद्र्धनसम्बन्धी सहभागितामूलक कार्येक्रम नेपाली ब्रान्ड र लोकल उद्यमी का ८–१० स्टल हरु नेपाली ब्रान्ड चिनाउने रमाइला खेलहरू नेपाली सांस्कृतिक भेषभुषा, नेपाली नाच गान नृत्य फूड स्टलहरूमा नेपाली परिकारहरू कन्सर्ट तथा डीजे सेसन कार्यक्रम समेत राखीएको छ । कार्यक्रमले विद्यार्थीहरूलाई स्थानीय उत्पादन र उद्यमशीलताको महत्व बुझाउनका साथै स्थानीय व्यवसायहरूलाई आफ्नो ब्रान्ड चिनाउने तथा लोकल व्यवसायहरूको व्यापार विद्यार्थी माझ प्रवद्र्धन गर्ने अवसर प्रदान गर्ने जनाइएको छ । सिद्धार्थ इन्टरनेसनल कलेजले सम्पूर्ण विद्यार्थी, सरोकारवाला निकायहरूलाई मेड ईन नेपाल कार्यक्रममा उपस्थित भई नेपाली उत्पादन, संस्कृति र सिर्जनशीलताको अनुरोध गरेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation