दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३५ घाइते

  • दाङ,२५ जेठ । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका-१३ बखरियामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु र भने ३५ जना घाइते भएका हुन्।दुर्घटनामा दंगीशरण गाउँपालिका-१ सिमलताराका २५ वर्षीय नारायण भण्डारी र शान्ता खड्का चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।दंगीशरन्को गोल्टाकुरीबाट तुलसीपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस ना ४ ख ४००९ नम्बर र तुलसीपुरबाट बखरिया जाँदै गरेको ज्ञान ज्योति बोर्डिङ स्कुलको रा १ क ८७० नम्बरको खाली बस एकआपसमा ठोक्किँदा यात्रुवाहक बस करिब सडकदेखि करिब ५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
    घाइतेहरू सबैलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छ। दुवै बसका चालकहरूलाई प्रहरी नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation