
बुटवल ,२४ जेठ। बुटवलको ट्फिक चोकमा २५ दिन देखि निःशुल्क चिसो खानेपानी वितरण गरिएको छ। नेपाल मोवाइल वितरक संघ लुम्बिनी कोआयोजनामा बैशाख ३१ देखि निरन्तर खानेपानी वितरण गरिएको छ ।
पछिल्लो समय बुटवलमा अत्यधिक गर्मी भएको र हिँड्डुल गर्ने व्यक्तिलाई प्यास धेरै लाग्ने हुँदा उनीहरुको प्यास मेटाउन निःशुल्क पानी वितरण गरिएको नेपाल मोवाइल वितरक संघ लुम्बिनी का नि बर्तामान अध्यक्ष हरी पोखरेल केसिले जानकारी दिए ।
प्रचण्ड गर्मीका कारण दिउँसो आम नागरिकलाई काम गर्न र गन्तब्यमा पुग्न समेत असहज भइरहेको देखेपछि आफुहरुले निःशुल्क खानेपानी वितरण गरेको बताए । उनले यो कार्य आवश्यक्ताका आधारमा बुटवलको अन्य क्षेत्रहरुमा समेत वितरण गरिने बताए । केहि दिन यता यहाँ प्रचण्ड गर्मी बढेको छ, गर्मीका कारण दिउसो बजार चोकमा निस्कन समेत समस्या छ ।
गर्मीमा आ–आफ्ना गन्तब्यमा हिँडेका यात्रुहरुलाई सहज होस भनेर तथा युवाहरुलाई सामाजिक क्षेत्रका लाग्न अभिप्रेरित गर्ने उद्देश्यले निःशुल्क खानेपानी वितरण गरेका हौं ।’उनले भने आज सनिबार २५ जार चिसो पानी बितरण गरिएको बताए । गर्मी ‘समयमा निःशुल्क पानी पाउँदा सर्वसाधारणले थोरै भए पनि राहत महसुस गरेको प्रतिक्रिया दिएका छन् ।