
बुटवल,२०जेठ । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । कोटिहवामा भएको ९ औ साधारण सभा तथा अविधेसनबाट आर्दश श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । नयाँ गठन गरिएको मञ्चको नि बर्तमान अध्यक्ष रिसव ओझा, अध्यक्षमा आर्दश श्रेष्ठ, प्रथम उपाध्यक्षमा अनिस कसौधन, द्धितिय उपाध्यक्षमा सुमन बस्याल चयन भएका हुन । यस्तै कार्यसमिति सदस्यहरुमा प्रतिक कसजु, सुमित श्रेष्ठ, बिराट जोशी, सुमित ओझा, मञ्जील विके, अमन श्रेष्ठ, मन्दीप अमात्य, अनुभवमान सैजु, राहुल कसौधन र कार्यक्रको संयोजकमास मनिश श्रेष्ठ चयन भएका छन् । कार्यक्रमा उत्कृष्ट योगदान र सक्रिय सहभागीतालाई कदर गर्दे विभिन्न सदस्यहरुलाई सम्मान गरिएको थियो जसमा सबैभन्दा बढी कार्यक्रमा उपस्थित हुने सदस्य अनुभव श्रेष्ठ,नयाँ सदस्य पुरस्कार शान्तम थैबा,इसिएस निउवयट पावर हाउस अमन श्रेष्ठ कार्यक्रमा विभिन्न विधामा उत्कृष्ठ हुने सदस्य मनिश श्रेष्ठ,संम्यक बज्राचार्य, प्रतिक पहारीलाई विशेष सम्मन गरिएको थियो ।
सधारण सभा तथा अधिवेसनमा बोल्दै तिलोत्तमा नरपालिका प्रमुख रामकृष्ण खाँणले बोल्दै युवाहरुले स्वदेशमा नै उद्यमशिलता प्रर्वद्धनको लागि गरेको कार्य आफैमा महत्पूर्ण भएको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गरेका थिए । राष्ट्रि गभर्निङ्ग काउन्सीलका अध्यक्ष कुशल सुन्दर श्रेष्ठ, संरक्षक संस्था बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, पुर्व अध्यक्ष तथा केन्द्रीय सदस्य उज्जवल कसजु, नेपाली युवा उद्यमी मञ्च ललितपुरका अध्यक्ष नीतु श्रेष्ठ, लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम, सीएसीसीआईका प्रतिनधी नेत्र आचार्य, सीएनवाईईएफ लुम्बिनी अध्यक्ष राजन कसजु लायततको आतिथ्यता रहेको थियो ।