फार्मेसी संघद्वारा निःशुल्क आँखा परीक्षण

  • बुटवल,१९जेठ। नेपाल फार्मेसी संघ रुपन्देहीले विद्यालयका बालकालिकाको निःशुल्क आँखा परीक्षण शिविर गरेको छ । संघले बुटवल उपमहानगरपालिकाको सहयोगमा सोमबार तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीको निःशुल्क आँखा परीक्षण शिविर गरेको हो ।
    कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपानेले पछिल्लो सयममा विभिन्न कारणले साना बालबालिकाको आँखामा समस्या आईरहेको उल्लेख गर्दै आखाँ शिविरबाट त्यस्ता समस्याको पहिचान र उपचारमा मद्धत पुग्ने बताउनु भयो । उहाँले बुटवको केन्द्र भारमा भएपनि तिलोत्तमा माध्यमिक विद्यालयमा गरिव तथा विपन्न परिवारका बालबालिका रहेको बताउँदै यो विद्यालय छनौट गरेकामा फार्मेसी संघलाई धन्यवाद व्यक्त गर्नुभयो ।
    त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा ज्ञवालीले बुटवलकै मध्येभागमा रहेको उक्त विद्यालयमा गरिव तथा विपन्न परिवारका बालकालिकाले अध्ययन गर्ने बताउँदै सञ्चालन गरिएको आँखा स्वास्थ्य शिविरबाट गरिव तथा विपन्न परिवारका बालबालिकाले लाभ लिन भनाई राख्नुभयो ।
    संघले सामाजिक उत्तरदायित्व बहन गरी कार्यक्रम गरेको बताउँदै संघका अध्यक्ष चोकलाल सापकोटाले कार्यक्रममा नगरपालिकाले सहयोग गरेकोमा नगरपालिका प्रति आभार व्यक्त गर्नुभयो । संघका संस्थापक तथा निवर्तमान अध्यक्ष गणेश सेढाई र संघका केन्द्रीय सचिव ध्रुव शर्माले संघको स्थापना सहित आँखा स्वास्थ्य शिविरका बारेमा प्रकाश पार्नुभएको थियो ।
    शिविरमा नेत्ररोग विशेषज्ञ डा.रोजी कार्की, दृष्टि विशेषज्ञ करुणा देवकोटा लगायतको स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीको आँखा परीक्षण गरिएको कार्यक्रम संयोजक संयोजक नारायण विक्रम कुँवरले जानकारी गराउनु भयो । शिविरमा आँखामा केही समस्या भएका विद्यार्थीको परीक्षण गरिएको र विद्यार्थी तथा शिक्षक समेत गरी २ सय जनाको आँखा परीक्षण गरिएको संघका महासचिव महेश पाण्डेले जानकारी गराउनु भयो । केही समस्या भएका विद्यार्थीलाई औषधी समेत निःशुल्क प्रदान गरिएको उहाँले बताउनु भयो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation