बुटवल मोबाइल संघ, रुपन्देहीको चौथो साधारणसभा

  • बुटवल,१९जेठ। बुटवल मोबाइल संघ, रुपन्देहीको चौथो साधारणसभा सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले मोबाइल व्यवसायीहरुको सुरक्षा, हक हितका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए । साथै प्रमुख पाण्डेयले मोबाइल ब्यवसायीहरुसँग सहकार्य गरी अघि बढ्ने बताए । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, मोबाइल संघका केन्द्रिय सदस्य विष्णु ज्ञवाली, कपिलबस्तु मोबाइल व्यवसायी संघका नारायण घिमिरे, मोबाइल वितरक संघका राजेन्द्र पाण्डे लगायतले भनाई राखेका थिए ।
    साधारणसभामा संघका बुटवल मोबाइल संघ अध्यक्ष शिवदेव अर्यालयले बार्षिक प्रतिवेदन पशे गर्दै पेशागत सुरक्षाको लागि सबैमा एकता हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा रुपन्देहीका उपाध्यक्ष विकास गौतम , महासचिव शालिकराम क्षेत्री लगायतले आ आफ्नो भनाई राखेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation