
कोटीहवा,१९जेठ । नेपाल उद्योग परिसंघ अन्तर्गतको युवा उद्यमी मञ्च लुम्बिनीले आइतबार युवा उद्यमीहरु बीच अन्तरक्रिया सपन्न गरेको छ । नेपालका सफल युवा उद्यमी चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्माणल चौधरीको प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रममा नेपालीमा लगानीको सम्भावना र चुनौती लगायत विषयमा छलफल गरिएको थियो ।
युवा उद्यमीहरुले राखेका जिज्ञासाहरुको सहजीकरण गर्दै चौधरीले लगानीको सम्भावना, चुनौती र अवसर तथा व्यवस्थापन लगायतका विषयमा अनुभवहरु प्रदान गरेका थिए । तिलोत्तमास्थित टाइगर प्यालेस रिसोर्टमा सम्पन्न अन्तरक्रियामा देशभित्रै सम्भवानाहरुको खोजी गर्न सकिने उल्लेख गरे ।देशमा केही गर्न सकिँदैन भन्ने युवाहरुमा गलत धरणा रहेको बताउँदै उनले यसलाई गलत सावित गर्नका लागि र मुलुकको समृद्धिका लागि अबका युवाहरुले सिर्जनशिल भएर सोच्नु पर्ने धारणा व्यक्त गरे ।विश्व बजारको जानकारी तथा विकसित सूचना र प्रविधिको प्रयोगलाई जोड दिँदै युवाहरुले नै आर्थिक लगानी तथा औद्योगिक क्षेत्रमा नविनतम सोचको बिकास गर्न सकिनेमा चौधरीले जोड दिए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम र उपाध्यक्ष बाबुराम बोहोराको विशेष उपस्थिती रहेको थियो ।
युवा उद्यमी मञ्च लुम्बिनीका अध्यक्ष राजन कसजुले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन लर्निङ चेयर विकास पाण्डेले गरेका थिए ।