
मर्चवार,१७ जेठ । रुपन्देहीको मर्चवारी गाउँपालिकालाई पूर्णखोप संस्थागत प्रसुती सेवा युक्त पालिका तथा पोषण मैत्री स्वास्थ्य संस्था दिगोपना सुनिश्चितता पालिका घोषणा गरिएको छ। स्वास्थ्य संस्थामा मात्रै सुत्केरी गराअौं, आमा र बच्चाको अकाल मृत्यु हुनबाट जोगाअौं भन्ने मूल नाराका साथ सुरु गरेको र पूर्ण खोप सुनिश्चितता घोषणा गरेका मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले बताए । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी पूर्णखोप सुनिश्चितता एवं दिगोपन पालिका घोषणा गरेको नी. प्रमुख प्रशासकीय अधिकृत फेकन शाहले बताए।
गाउँपालिका अध्यक्ष बरईले पूर्णखोप घोषणा गर्नको लागि स्वास्थ्य शाखा स्वस्थकर्मीहरूको लगनशीलता, कर्मशीलता, संघसंस्था, स्वयंसेविका, संचारजगत तथा समाजसेवीहरु साथ र सहयोगले तथा परिश्रमले पूर्णखोप घोषणा गर्न सफल भएकोमा बताए ।
गाउँपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढेको छ। खोप लगाउनबाट बालबालिकाहरु छुट्न हुँदैन अध्यक्ष बरईले बताए। कार्यक्रममा प्रमुख अतिथि रूपन्देही जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपागाँईले स्वस्थकर्मीहरूले अभियानको रुपमा चलाएको खोप सुनिनिश्चितता पाएको छ। तर जनस्तरमा अझै पनि चेतना फैलाउनुपर्ने बताए। तथ्याङ्क आधारमा कुनै बालबालिका छुट्नु हुँदैन र स्वास्थ्यकर्मीको जिम्मेवारी त छ नै बालबालिकाको अभिभावक र स्वास्थ्यकर्मी स्वयंसेविकाको समन्वय सहकार्य अपरिहार्य रहेको प्रमुख अतिथि चापागाईंले बताए।
पूर्ण खोप घोषणा ठूलो उपलब्धि प्राप्त भएकोमा आमा समुह, इन्द्रेणी समुह लगायतका संघ संस्था, सञ्चारकर्मी, स्वास्थ्यकर्मीको सहयोगमा घोषणा गरिएको र हामी कुनै कुनै बालबालिकालाई खोपबाट वञ्चित हुन दिँदैनौ सातवटा स्वस्थ चौकीको इन्चार्जहरूको प्रतिनिधित्व गर्दै प्राथमिक स्वास्थ्य केन्द्र अमवाका इन्चार्ज रकेश यादवले प्रतिबद्धता जनाए।कार्यक्रममा पालिका का एक देखि सात वडा सम्माका वडा अध्यक्ष, स्वयंसेविका, विभिन्न संघसंस्थाका प्रतिनिधि, पदाधिकारी, कर्मचारीहरु लगायतका उपस्थिति रहेको थियो भने स्वास्थ्य शाखा प्रमुख प्रोस्तम घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।