
बुटवल ,१७ जेठ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुपन्देहीको अन्र्तगत रहेको रक्तसञ्चार सेवा समिति बुटवलको आयोजनामा सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम गरिएको छ । रेडक्रस सोसाईटीले गर्दै आएको सामाजिक सेवा भावको बारेमा जानकारी दिदै आगामी दिनमा सेवा प्रवाहमा सरोकारवालाहरुसंगको सुझावलाई समेट्ने उदेश्यका साथ कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखा उप सभापती तथा रक्त सञ्चार सेवा समितिका संयोजक युवा समाजसेवी शुसिल गुरुङ्गले रेडक्रस सोसाईटीले सामाजिक सेवा भावले लामो समय देखि काम गर्दै आएको जानकारी दिदै आगामी दिनमा सेवा प्रवाहलाई के कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा कार्यक्रम आयोजना गरिएको जानकारी दिएका थिए । कार्यक्रममा बोल्दै युवा नेता समेत रहेका गुरुङ्गले भने–‘ हामीले गर्दै आएको कार्यक्रम मध्ये रक्तदान कार्यक्रम अत्यान्तै महत्वपूर्ण कार्यक्रम हो, यसमा हामीले सेवा भवले सहजीकरण गर्दै आएका छौं ।’
रक्त सञ्चार सेवा प्रवाह, रगतको सहज प्रवाह देखि लिएर आगमी दिनमा गर्ने अगाडी बढाउने कार्यक्रमको विषयमा सुझाव लिनको लागि कार्यक्रम आयोजना गरिएको बताएका थिए । सेवा प्रवाहलाई थप व्यस्थित बनाउनको लागि रेडक्रसले काम गर्दै आएको उपाध्यक्ष तथा रक्त सञ्चारसेवा समितिक संयोजक गुरुङ्गले जानकारी दिए । एनले अहिले पनि रेडक्रसले के कसरी सेवा प्रवाहलाई सहजीकरण गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थीत गर्ने दिशामा अगाडी बढेको बताए ।
कार्यक्रममा बोल्दै रक्त सञ्चार सेवा समिति का पुर्व केन्द्रीय संयोजक महेन्द्र कुमार श्रेष्ठले रेडक्रस सोसाईटीले रक्त सेवा व्यवस्थापनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका थिए । उनले सबैको सहकार्यबाट मात्रै सामाजिक सेवा विकास हुने भन्दै रेडक्रसले कसैबाट पनि एक रुपैयाँ नाफा नलिईकन सेवा प्रवाह गर्दै आएको बताए ।
कार्यक्रममा रेडक्रस अभियान्ता सक्तसञ्चार सेवा समितिका सल्लाहकार विमल बहादर शाक्यले जहिले पनि निरन्तर मानिवीय सेवामा लाग्ने व्याक्ति आफैमा महत्वपूर्ण समाजसेवी भएको बताएका थिए । उनले रक्तदान कार्यक्रमलाई अव कसैको आयमा भर पर्नुभन्दापनि सबैले साझा पहलबाट कार्य गर्नुको विकल्प नभएको बताए ।उनले रक्तादान सम्बन्धी सबैले तथ्यांक राख्नुपर्ने बताएका थिए ।
रुरुक्षेत्र गाउँपालिका गुल्मीका अध्यक्ष यदु ज्ञवालीले पालिकाले रुरुबासीहरुको लागि रुपन्देहीमा रेडक्रस संगको सहकार्यमा सम्झौता गरी निःशुल्क रगत उपलब्ध गराउँदै आएको बताए ।उनले पालिकाको स्थापना दिवसको अवसरमा बार्षिक कार्ययोजना अनुसार नै रक्तदान कार्यक्रम गरिदै आएको बताए । उनले ३–३ महिनामा खेरा जाने रगत दान गरेर अर्को मानिस ले अकालमा ज्यान जानबाट जोगाउन सकिने भन्दै रक्तदान सम्बन्धी भ्रम चिर्नु अहिलेको अवश्यकता रहेको बताएका थिए ।
कार्यक्रममा सरोकारवालाहरु त्र्फबाट नेपाल स्वयमसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव तथा जिल्ला शाखा रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रेडक्रसले प्रदान गर्ने कार्डलाई एप्स मार्फत डिजिटल बनाउनुपर्नेमा जोड दिए । उनले रक्तदान कार्यक्रम संगै कुनै पनि रक्तदाताको समस्या आउन नदिनको लागि एथेष्ठ मात्रामा प्राविधिक र हेमोग्लोविनको परिक्षण समेत गर्नु अहिलेको अवश्यकता भएको बताएका थिए ।
यस्तै तिलोत्तमा रक्तदाता समाजका अध्यक्ष गोविन्द बन्जाडेले रक्तदान गर्ने संघ संस्थाले प्रयोग गर्ने गाडी भ्यानमा लाग्ने शुल्क हटाउनुपर्ने माग गरे । नेपाल नियमित रक्तदाता संघघका दिपक अधिकारीले रेडक्रसले गर्ने आम्दानी र खर्चको विवरण नियमित रुपमा सार्वजनिक गर्नुपर्ने सुझाव दिएका थिए । उनले गाडीलाई कमाउ खाने भाडाको रुपमा विकास गर्न नहुने बताए ।
लालटिन बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष गंगागाल सापकोटाले रक्तदान कार्यक्रमलाई सुधार गर्न आवश्यक रहेको बताए । प्रयोग गर्ने उपकरण, बेड सहित सबै सुरक्षित र मोवाईल एप्लीकेशन अनुसार कार्ड बनाउनुपर्नेमा जोड दिए ।
काउन बुटवल शाखा अध्यक्ष तिल बहादुर ह्स्किीमगरले मजदुरहरुको लागि विदा नै लिएर सोही दिन रक्तदान कार्यक्रम गरिदै आएको बताउँदै रक्तदान अभियानको लागि सचेतना आवश्यक रहेको बताएका थिए । सन्तोष खरेलले स्थानीय संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा स्थानीय पालिको सहकार्य हुनुपर्ने धारणा राखे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुपन्देहीका अध्यक्ष राम चन्द्र उपाध्यायले आएका सुझावको पूर्ण कार्यान्वनको लागि काम गर्दै आएको बताउँदै आगामी दिनमा अझ सेवा विस्तार गरिने बताए । कार्यक्रमको संयोजन रेडक्रसका मन्त्री टेक बहादुर थापाले गरेका थिए ।