
बुटवल, १५ जेठ– गणतन्त्र दिवसको अवसरमा बुटवल उप–महानरपालिका वडा नम्बर–१५ मुक्तीधाम टोल रतनपुरमा मा रहेको सृजना युवा क्लबको आयोजानमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेको सृजना युवा क्लवका अध्यक्ष सुन्दर पौडेलले जानकारी दिए । रक्तदान कार्यक्रममा बोल्दै बुटवल उप–महानरपालिका नगर प्रबक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव रानाले क्वले स्थापनाको छोटो समयमा नै सामाजिक क्षेत्रमा उदाहारणीय कार्य गरेको बताएका थिए । रक्तदान जीवनदान भएको भन्दै प्रवक्ता रानाले सामाजिक सेवाभावले खेरा जाने रगतबाट कसैले पुर्नःजिवन पाउछ भने यसमा सबै युवाहरुले सहयोग गर्नुपर्ने बताएका थिए ।
पालिकाहरुले युवाहरुको शशक्तीकरणको लागि भूमिका खेल्दै आएको र आगामी दिनमा पनि सहयो गर्ने प्रतिवद्धता समेत उनले जनाएका थिए । कार्यक्रमा बोल्दै नेपाल स्वयमसेवि क्तदाता समाज का केन्द्रीय महासचिव तथा रुपन्देही शाखा अध्यक्ष कृष्ण चौहान क्षेत्रीले प्रत्येक ३, ३ महिनामा एउटा स्वस्थ मानिसले रक्तदान गर्न सक्ने भन्दै नियमित रुपमा रक्तदान अभियानमा जोडीनको लागि सबैलाई आग्रह गरे । रक्तसञ्चार सेवा केन्द्र भैरहवाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा मुक्ताधाम टोल विकास संस्थाका अध्यक्ष प्रेम पौडेल, आमा समुहका अध्यक्ष डम्बर शर्मा लगायतले बोल्दै युवाहरुको सहकार्यमा गरिएको कार्यक्रम आफैमा प्रंससायोग्य भएको बताएका थिए । सृजना युवा क्लवका सचिव रोशन थापा मगरको सञ्चालनमा भएको कार्यक्रममा रक्तदान कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने नेपाल स्वयमसेवि रक्तादाता समाज रुपन्देही शाखा प्रमुख तथा केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्रीलाई सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा सहयोग गर्ने अन्य महानुभावलाई मायाकोचिनोले सम्मान गरिएको क्लवका अध्यक्ष सुन्दर पौडेलले जानकारी दिए ।