राममणि बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • मणिग्राम, १४ जेठ । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता आज (बुधबार) सम्पन्न भएको छ । “नेपालको भविष्यमा युवा पलायनको प्रभाव” विषयक प्रतियोगितामा बी.बी.एस., बी.एड.र बी.ए. मा अध्ययनरत विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।
    क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिका संयोजक जीवनकुमार पौडेलको अध्यक्षता र पूर्व क्याम्पस प्रमुख मोहनराज शर्माको प्रमुख आतिथ्यमा आयोजित प्रतियोगिताका वक्ताहरूले नेपाली उत्पादन, सेवा र बजारको सशक्तिकरणबाटै युवा पलायन रोक्न सकिने भन्दै यही बाटोबाटै भविष्य राम्रो हुने उल्लेख गरेका थिए ।
    प्रतियोगितामा बी.बी.एस. तेस्रो वर्षका विनिता पराजुली पहिलो, सरस्वती सुवेदी दोस्रो र बी.एड. तेश्रो वर्षका विमला भण्डारी तेस्रो भएका छन ।

    तेस्तै अतिरिक्त क्रियाकलाप समितिका सदस्य मधुसुदन खनालको सञ्चालन तथा उप–प्राध्यापकहरू नारायणप्रसाद भुसाल, नोवराज तिवारी, त्यस्तैः विन्दु आचार्य, वेदप्रसाद न्यौपाने, केशव पन्थ लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।
    माया घिमिरे, मुक्तिनाथ गैह्रे र कविता पन्थीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation