बुटवलमा आमा र दुई बालिकाको हत्या

  • बुटवल,१४ जेठ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ होराइजन चोकस्थित मिलिजुली पथमा एक आमा र दुई बालिकाको विभत्स हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार होराइजनचोक नजिकै मिलिजुली पथमा हत्या भएको हो ।
    प्रवक्ता कार्कीका अनुसार पाल्पा घर भएकी ३१ वर्षीया दिपा बस्याल र उनका दुई छोरीहरु ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्याल हत्या भएको हो । हत्यामा संलग्न भएको आरोपमा सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसि केहि वर्ष अघि संविधान दिवसको दिन आम माफि पाएर छुटेको घटना उपस्थित स्थानीयले बताएका छन् । डिभोर्स भएर अर्कैसँग बिवाह गरि गएकी पूर्व श्रीमतिलाई पुर्व श्रीमानले आफ्नै घरमा बोलाई आज बिहान अन्दाजि ४ बजेतिर घटना घटाएको प्रहरीको भनाई छ । उनीहरुबीच करिब ८र१० पहिलेनै सम्बन्ध विच्छेद भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । यद्यपी घटनाको सम्पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation