एकिकृत समाजवादी बुटवलले बुझायो स्मरण–पत्र

  •  

    बुटवल,११ जेठ । नेकपा (एकीकृत समाजवादी) बुटवलले आईतबार बुटवल उपमहानगरलाई स्मरणपत्र बुझाएको छ । सुशासन र रोजगारी समाजवादको तयारी भन्ने नारा सहित केन्द्रीय आन्दोलन अन्तर्गत गत बैशाख २२ गते बुझाइएको माग पूरा गर्ने सन्दर्भमा पुन स्मरण पत्र बुझाएको सो पार्टीले जनाएको छ । बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयलाई एकिकृत समाजवादी पार्टीका अध्यक्ष चिनबहादुर गुरुङले स्मरण पत्र बुझाएका हुन । स्मरणपत्र बुझाउँदै गुरुङले स्थानीय तहले पूरा गर्ने माग यहिबाट र अन्य मागहरु प्रदेश र संघीय सरकारसमक्ष पु¥याउन नगरप्रमुखको ध्यानआर्कषण गराए । नगरप्रमुख पाण्डेयले स्मरणपत्र बुझ्दै मागहरुका बारेमा ध्यानआर्कषण भएको बताए । समाजवादी बुटवल उपमहानगर कमिटिले बुटवल धागो कारखाना सञ्चालनसहित विभिन्न जनसरोकारको मागहरु पेश गरेको छ । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा टिकटका लागि समेत घन्टौं लाइनमा बस्नुपरेको, बुटवल ज्योतिनगर लक्ष्मीनगरको पहिरो नियन्त्रण गर्नुपर्ने मोतीपुर औद्योगिक क्षेत्रमा ५० औं वर्षदेखि बसोबास गर्दै आएकाहरुको समस्या समाधान गरी औद्योगिक क्षेत्र निर्माण गर्न तथा भूमिहिन दलित सुकुम्बासीहरुलाई लालपूर्जा दिने व्यवस्था गर्न माग गरेको थियो । स्मरण पत्र बुझाउने कार्यक्रममा कार्यपालिका सदस्य यमबहादुर सुनार, नेकपा एसका प्रदेश सदस्य रुक्माङगत घिमिरे, इन्द्रबहादुर राई, सचिव भिमबहादुर क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation