
बुटवल, ११ जेठ । लायन्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ पि, नेपाल अन्तर्गत लायन वर्ष २०२५/२६ का लागि आयोजित डिस्ट्रीक्ट क्याबिनेट अफिसर्स स्कूलिङ कार्यक्रम भैरहवास्थित टाइगर प्यालेस बाइ सोल्टीमा तीन दिनसम्म संचालन भइ भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रमको उद्घाटन लायन्स इन्टरनेशनलका अन्तर्राष्ट्रिय निर्देशक लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। विशिष्ट अतिथिको रूपमा पूर्व अन्तर्राष्ट्रिय निर्देशक लायन सञ्जय खेतान त्यसैगरि अतिथिको रुपमा लायन खगेन्द्र सिटौला, लायन राजन लम्साल लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।की नोट स्पिकरको रूपमा अध्यात्म मास्टर तथा हिप्नोसिस प्रशिक्षक राजकुमार प्याकुरेल तथा गेस्ट स्पिकरका रूपमा पूर्व राजदूत, समाजशास्त्री तथा सामाजिक अभियन्ता महेश दाहालले ज्ञानमूलक सत्रहरू प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा बर्तमान डिस्ट्रीक्ट गभर्नर लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग , पुर्ब गभर्नरहरू लायन अरुण प्रताप राणा, लायन अर्जुन मान सैंजु, लायन सुनिल बझा,लायन अनुप कुमार पहारि, लायन महेन्द्र नारायण श्रेष्ठ , लायन नवराज न्यौपाने, प्रथम भाइस डिस्ट्रीक गभर्नर लायन सन्दिप कसौधन , द्वितीय भाइस डिस्ट्रीक गभर्नर लायन मिना पन्थी लगायतको विशेष उपस्थिति रहेको थियो भने उहाहरुले आ आफ्नो भनाइ राख्नु भएको थियो । नेतृत्व विकास, संगठनात्मक एकता र सेवा भावनाको सुदृढीकरणमा यस्तो तालिमले ठूलो योगदान पुर्याउने उहाहरुको धारणा रहेको थियो।
कार्यक्रमको संचालन बर्ष २५/२६ का डिस्ट्रीक्ट क्याबिनेट सेक्रेटरी लायन एम.एल. पाण्डेले गर्नुभएको थियो। डिस्ट्रीक्ट गभर्नर लायन बालाराम भट्टराईले लायन वर्ष २०२५/२६ का लागि तय गरिएको कार्ययोजना प्रस्तुत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। साथै, कार्यक्रममा डिस्ट्रीक्ट गभर्नर पिन, डिस्ट्रीक्ट पिन तथा सहभागिताको प्रमाणपत्र पनि वितरण गरिएको थियो।
कार्यक्रमको अन्तिम दिन मनोरञ्जनात्मक “लायन्स गाला नाइट” को आयोजना गरिएको थियो, जसले सहभागीहरूबीच आत्मीयता र सम्बन्ध विस्तार गर्न थप ऊर्जा प्रदान गरेको थियो।करिब १७० जना क्याबिनेट अफिसर्सको सहभागिता रहेको उक्त तालिममूलक कार्यक्रममा नेतृत्व विकास, सेवा प्रभावकारिता तथा सहकार्य अभिवृद्धिका विविध सत्रहरू समावेश गरिएको थियो। कार्यक्रममा सहभागीहरुले प्रशिक्षण कार्यक्रम अत्यन्तै सफल, सशक्त र प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए। लायन वर्ष २०२५/२६ को मूल नारालाई “Happy Hearts – Helping Hands” अर्थात् ‘खुसी मन – सहयोगी हातहरू’ भन्ने आत्मसाथ गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।