एकिकृत समाजवादी रुपन्देहीले प्रजिअ मार्फत बुझायो प्रधानमन्त्रीलाई स्मरण–पत्र

  •  

    बुटवल, ११ जेठ । नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले आईतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई स्मरणपत्र बुझाएको छ । पार्टीका रुपन्देहीका अध्यक्ष हिराध्वज शाहले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे मार्फत समरणपत्र बुझाउका हुन् । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारा सहित देशव्यापी आन्दोलनमा रहेको समाजवादीले केन्द्र, प्रदेश जिल्ला, पालिका सम्म मागहरुका बारेमा स्मरण पत्र बुझाएको सो पार्टीले जनाएको छ । रुपन्देही जिल्ला कमिटिले बैशाख १९ गते जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रका मागहरु पुन स्मरण गराउन स्मरणपत्र बुझाइएको जिल्ला अध्यक्ष हिराध्वज शाहले बताए ।

    बैशाख १९ गते जिल्लाको बस्तुस्थिति, बाटो, बिजुली, उत्पादन, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन, पारदर्शीता, जवाफदेहीता लगायतका पक्षहरू समेटेर समाजवादीले ज्ञापनपत्र बुझाएको थियो । स्मरणपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी घिमिरेले यसअघि आएका मागहरु पनि सम्बन्धित क्षेत्रमा पु¥याएको बताउँदै पुन स्मरणपत्र पु¥याउने बताए । स्मरणपत्र बुझाउने कार्यक्रममा नेकपा एकिकृत समाजवादका पोलिटब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडे, केन्द्रीय सदस्यद्धय बाबुलाल यादव, उमा काफ्ले सहित प्रदेश उपाध्यक्ष कमल भण्डारी, जिल्ला उपाध्यक्ष उपाध्यक्ष अविराम विक अर्का उपाध्यक्ष मिरा श्रेष्ठ, सचिव टंक पोखरेल, उपसचिव बाबुराम अर्याल, शारदा भट्टराई पहारी, जिल्ला सदस्यहरु विजय दाहाल, सफरुद्धिन अन्सारी, टेकसिंह थापा लगायतको उपस्थिती रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation