
बुटवल,७ जेठ । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको शीर्ष नेतृत्व मध्यपहाडी लोकमार्ग अभियान आज रोल्पा आइपुगेको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको क्रममा बुधबार थवाङ पुगेका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष तथा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, उपमहासचिव वर्षमान पुन, सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल पुगेका छन ।
नेकपा माओवादी केन्द्रले २०५२ साल फागुन १ गते तत्कालीन शाही सत्ताविरुद्ध रोल्पा, रुकुम, सिन्धुली र गोरखा जिल्लाबाट जनयुद्ध सुरु भएको घोषणा गरेको थियो । रोल्पा त्यही जिल्ला अध्यक्ष प्रचण्डले २०६४ साल चैत २८ गते भएको पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर–२ बाट भारीमतले विजयी भएका थिए ।