एनएमबि बैङ्क र एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स नेपालबिच सम्झौता

  • काठमाडौ ,७ जेठ । एनएमबि बैङ्क र एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालबिच सम्झौता भएको छ ।
    मङ्गलबार एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालमा आबद्ध रहेका सदस्यहरूलाई लक्षित गरी विशेष वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता स्वरूप सम्झौता गरिएको एनएमबि बैङ्कले जनाएको छ ।
    एनएमबि बैङ्कले वित्तीय साक्षरताको प्रवर्द्धन र आर्थिक विकासमा उनीहरूको भूमिकालाई मान्यता दिँदै विशेष सेवा तथा ऋण योजनाहरू प्रस्तुत गरेको हो ।चार्टर्ड एकाउन्टेन्ट्सका सदस्यहरूले बैङ्कबाट कर्जा उपभोग गर्दा ऋण प्रशासनिक शुल्कमा छुट,सरल कागजात प्रक्रिया,एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड तथा ग्रीन सेभिङ खातासहितका डिजिटल र कार्ड सेवाहरूको उपभोग गर्न सक्ने बैङ्कले जनाएको छ । साथै, एनएमबिको प्राथमिक बैङ्किङ सेवा अन्तर्गत व्यक्तिगत सम्बन्ध व्यवस्थापन तथा विशेष सुविधाहरू पनि प्रदान गरिनेछ ।एनएमबि बैङ्कको पोर्टफोलियो विस्तार गर्ने साथै पेशागत वर्गहरूलाई पहुँचयोग्य तथा दीगो बैङ्किङ समाधान प्रदान गर्ने लक्ष्यको प्रतिबिम्ब भएको बैङ्कको भनाई छ । हाल एनएमबि बैङ्कले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation