कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ

  • रूपन्देही, ६ जेठ । विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । उनीविरुद्ध रुपन्देही जिल्ला अदालतबाट यही जेठ १ गते पक्राउ पूर्जी जारी भएको थियो । त्यसपछि चौधरी फरार रहेका थिए ।चौधरी मंगलबार प्रहरी कार्यालयमा आफै हाजिर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
    बलात्कृत युवती तथा परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । चौधरीलाई पक्राउ गरेर बुझाउन इलाका प्रहरी कार्यालय बुटवलले सोमबार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई पत्राचार गरेको थियो

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation