समृद्धिको हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीको दीक्षान्त समारोहमा

  • बुटवल,६जेठ। बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीले विगत ८ वर्ष देखि सेवा प्रदान गर्दै आएको छ ।
    सोमबार आयोजित एक समारोहका बिचमा एकेडेमीबाट विभिन्न विषयमा आफ्नो तालिम समापन गरेका ३६६ जना प्रशिक्षार्थीहरुलाई दिक्षित गर्नुका साथै ४ जना लाई पुरस्कार बितरण गरिएको छ । समृद्धि स्कुटर उपहार योजनाको बिजेता लक्की ड्र मार्फत घोषणा गरिएको हो । यस्तै समृद्धिलाई आईएसओ चिन्ह प्रदान गर्नुका साथै आफ्नै ब्युटि प्रोडक्ट लञ्च समेत गरिएको थियो ।
    ख्यातिप्राप्त हास्य कलाकार सन्दीप क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै हेयर ड्रेसिङलाई केवल सिप नभई आत्मनिर्भरता र सम्मानजनक रोजगारीको आधार भएको बताए । ‘शिक्षितसँगै सक्षम बन्ने अवसर यो कार्यक्रमले दिएको छ ।’–उनले भने । सिप नै लगानी बन्ने उदाहरण प्रस्तुत गर्दै उनले विश्वको जुनसुकै कुनामा गए पनि बेरोजगार बन्नु नपर्ने पेशा यो भएको दाबी गरे । सेवा प्रवाहसँगै व्यवहार र विश्वास कायम राख्नुपर्नेमा पनि उनले जोड दिए ।
    कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले नीजि क्षेत्रबाट सेवाको माध्यमबाट राम्रो आम्दानी गर्न सकिने क्षेत्र भएको बताउँदै स्वदेशमा नै स्वरोजगार बन्न तथा बैदेशिक रोजगारीमा जाँदा पनि थप आम्दानीको स्रोत बनाउन सकिने बताए ।
    एकेडेमीका संचालक मोहन ठाकुरले विगतमा ब्यवसाय शुरुवातको चरणलाई स्मरण गर्दै समाजमा स्थापित हुदासम्म आएको परिवर्तनका बारेमा बताए ।हालसम्म २ करोड बढी लगानी रहेको समृद्धिले देशभर ५० जना बढीलाई प्रत्येक्ष रोजगार प्रदान गर्दै आएको छ । त्यस बाहेक समृद्धि सीप हासिल गरी स्वरोजगार बन्ने र रोजगार प्राप्त गर्नेहरुको सङ्ख्या पनि उल्लेख्य रहेको सञ्चालक ठाकुरले दाबी गरे ।
    समृद्धिले हाई पेड जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित बुटवलमा एकेडेमी समेत सञ्चालनमा ल्याएको बताउदै यसले जनशक्तिलाई आम्दानीमा जोड्न मद्दत पुगेको बताए । एकेडेमीमा एकै पटक ४० जनासम्मलाई सीप प्रदान गर्न मिल्नेगरी संरचनासहित सञ्चालनमा आएको सञ्चालक ठाकुरले बताए ।
    तेसैगरि कार्यक्रममा नेपाल नाइ संघका अध्यक्ष जय श्याम ठाकुर, सौन्दर्य कला व्यवसायी संघका अध्यक्ष आशु गुरुङ, प्रशिक्षक मेनन लामालगायतले
    बोलेका थिए । समृद्धिले आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनलका हेयर केयर प्रोडक्टका बिभिन्न ४ प्रकारका उत्पादनहरु लञ्च गरेको छ । स्याम्पु, कन्डिस्नर, हेयर ट्रिटमेन्ट माक्स, अर्गन हेयर ओएल रहेका छन् । भिटामिन इ र कोलगेन युक्त रहेको सञ्चालक ठाकुरले बताए । त्यतै समृद्धिले अब हरेक वर्ष एक जना ग्राहकलाई ‘लक्कि–ड्र’बाट यो वर्षको उपहार स्वरुप ३ लाख बराबरको सुजुकी एभिनर्स स्कुटर ड्राईभरटोलकी मिना जिसिले प्राप्त गरेकी छन। बुटवलको अमरपथमा मुख्य कार्यालयसहित पोखरा र मणिग्राममा शाखा तथा बर्दघाट र चार नम्बर कपिलवस्तुमा रहेका फ्रेन्चाइज सेवामार्फत ५ हजार जना मध्यबाट गोलाप्रथाबाट जिसिको नाम निस्केको हो।
    समृद्धिको दिक्षान्त समारोहमा पत्रकार पूजा पन्थी सहित चार जना सम्मानित भएका छन् । पन्थीलाई नगद १५ हजार रुपैयाँ सहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन् । अग्रज सम्मान अन्तरगत पुरानो ब्युटिसियन तथा पुुरानो नाइ सम्मान गरिएको थियो । पुरानो ब्युटिसियनबाट देबी श्रेष्ठ र पुरानो नाउबाट छविलाल नाउ ठाकुरलाई नगद १५ ÷ १५ हजार रकम सहित सम्मान गरिएको हो ।
    समृद्धिले यो वर्षदेखी नयाँ कार्यको थालनी स्वरुप उत्कृष्ठ कर्मचारी सम्मान कार्य अगाडी बढाएको छ । जसमाय उत्कृष्ठ कर्मचारीलाई १ लाख राशीको पुरस्कार प्रदान गरिने सञ्चालक ठाकुरले घोषणा गरे । सोही पुरस्कार समृद्धि बुटवल शाखामा कार्यरत देवा ठाकुरलाई प्रदान गरिएको छ । नगद १ लाख रुपैयाँ सहितको सम्मानले कर्मचारीहरुले उत्कृष्ठ सेवा प्रदान गर्ने अपेक्षा स्वरुप मनोबल बढाउनको लागि सम्मान गरिएको सञ्चालक ठाकुरले बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation