मोबाईल वितरण संघ लुम्बिनीको आठौ साधारण सभा तथा अधिवेसन

  • बुटवल, ४ जेठ । नेपाल मोबाइल वितरण संघ लुम्बिनीको आठौ बार्षिक साधारण सभा तथा चौथो महाधिवेसनबाट नयाँ नेतृत्व चयन गरिएको छ । संस्थाका अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मोवाइल वितरण संघ केन्द्रीय कमिटिका अध्यक्ष रुघु त्रिपाठीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै त्रिपाठीले व्यवसायीक एकता र हितका लागि सबैजना आ आफ्नो स्थानबाट लाग्नुपर्ने बताएका थिए । यस्तै कार्यक्रममा केन्द्रीय कमिटिका नि वर्तमान अध्यक्ष दिनेश चुल्याध्योजु, नेपाल मोबाइल वितरक संघ केन्द्रीय समिति सचिव नविन बास्तोल, केन्द्रीय कोषाध्यक्ष राम श्रेष्ठ, सह कोषाध्यक्ष विनोद केसी, गण्डकी प्रदेशका अध्यक्ष मनोहर श्रेष्ठ, उपाध्यक्ष सुशील गुरुङ्ग, केन्द्रीय कमिटि निर्वतमान उपाध्यक्ष शिव पहारी , बुटवल मोवाईल संघका अध्यक्ष शिवदेव अर्याल, राष्ट्रिय वितरक सेल्स टिम लुम्बिनीका अध्यक्ष रविन गौतम लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा अध्यक्ष हरि पोखरेलले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै कोषाध्यक्ष अनिल प्रधानले आर्थिक प्रतिवेदन र आय व्यव प्रस्तुत गरेका थिए ।

    सोही साधारण सभा तथा अधिवेसनमा उजीर सिंह माध्यमिक बिधालयका ,बुटवल की पुजा बुढा र विकास बिक , जनकल्याण माध्यमिक विधालय रामपुर पाल्पा का केशव खनाल र नमरता रास्कोटी,नयाँगाउ माध्यमिक विधालयका धुर्कोट गुल्मी मिलन मल्ल, निन्यूखर्क माध्यमिक विध्यालय धुर्कोट गुल्मी निरु घर्ति, गणेश माध्यमिक विधालय धुर्कोट गुल्मी मा पवित्रा खड्का , देवि प्रभाव माध्यमिक विधालय पाणिनी अर्घाखाँची की नर्मदा घिमिरे,धौराली माध्यमिक विधालय पाणिनी का विनोद आर्चाय विद्यार्थीहरुलाई १२ हजारका दरले छात्रावृत्ती प्रदान गरिएको थियो ।
    साथै महाधिवेसनबाट आगामी २ बर्षको लागि रुक्मांगद पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । जसको बरिष्ठ उपाध्यक्षमा अनिल प्रधान, उपाध्यक्षमा एम एल पाण्डे, सचिवमा संकल्प श्रेष्ठ, कोषाध्यक्षमा प्रदिप गैरे, सदस्यमा मनोज लाकौल, सुरेन्द्रमान भारी, आशिष श्रेष्ठ, सन्देश ध्वजु र अरुण गुप्ता चयन भएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation