स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन, चालक पक्राउ

  • काठमाडौं,४ जेठ। प्रहरीले चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको साढे सात किलो सुन बरामद गरेको छ । रसुवा प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीका अनुसार सुनसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शाहीका अनुसार केरुङ हुँदै नेपाल ल्याउन लागेको स्याउ बोक्ने गाडीमा सुन ल्याइएको हो । बा ४ ख ६२०१ नम्बरको गाडी चालक रसुवा गोसाइँकुण्ड गाउँपालिका-५ का किशोर भुजेललाई प्रहरीले पक्राउ गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए । सुन धनीको हुन् भन्नेबारेमा प्रहरीले अनुसन्धान थालेको शाहीले बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation