
खैरनी,३ जेठ । भगवानपुर-धकधई-खैरेनी सडकको शिलान्यास भएको छ । शनिवार एक कार्यक्रम बीच लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले सडकको शिलान्यास गरेका छन । शिलान्यास कार्यक्रमा बौल्दै मन्त्री ढकालले सडकसंजालको विकास संगै स्थानीयको जनजीवनमा पनि परिवर्तन स्थानीयको जीवनस्तर उकासिय भयो भने मात्र त्यसले प्रतिफल दिएको मान्न सकिन्छ ।
मन्त्रालयका सचिव भिमार्जुन पाण्डेले एशियन विकास बैंक ९एडिवि० को सहुलियत ऋणमा योजना अघि सारिएको बताए । उनले ५० करोडको आयोजना ३७ करोड ९ लाख ३३ हजार रुपैयाँमा टेन्डरमा गएको र वानिया निर्माण सेवा प्रालिले दुई वर्षमा योजना सम्पन्न गर्ने गरी सम्झौता गरेको बताए । २०८१ मङ्सिर १७ गते सम्झौता भएको योजना २०८३ पुष ८ गतेभित्र सम्पन्न हुने उनको भनाइ छ । त्यसैगरी सचिव पाण्डेले निर्माण भएको एक वर्षसम्मको मर्मत सम्भारको सबै जिम्मा निर्माण कम्पनीको हुने र त्यसपछिको थप एक वर्षको लागि आवश्यक मर्मतको लागि समेत रकम व्यवस्था गरिएको बताए । उनले सडकको लम्बाई १२।२८ किलोमिटर हुने र चौडाई १० मिटर हुने बताए । गुणस्तर जांचको लागि सुपरभिजन टिम समेत निर्माण गरिएको उनले बताए ।
त्यतै कार्यक्रमा देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेलले राम्रो निर्माण कम्पनीले ठेक्का लिएकोले समयमै गुणस्तरीय काम हुनेमा आफु विश्वस्त रहेको बताए । यो सडक आयोजना पुरा भएपछि नागरिकको जीवनस्तर उकासिने र आवतजावतमा सहज हुने उनको भनाइ छ । नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले सडकको चौडाई कम भएको भन्दै सकिन्छ भने पुनर्मूल्यांकन गर्न सुझाव दिए । देवदहका भित्रि सडकपनि २४ फुट भन्दा कम छैनन् तर यो सडक जम्मा २२ फुटको हाराहारीमा हुने देखियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपाने, देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नगर प्रवक्ता गणेश डुम्रे लगायत देवदहका जनप्रतिनिधि र भौतिक पूर्वाधार विकास मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सडक निर्माण गर्ने क्रममामा १९५ वटा विद्युत पोल सार्नुपर्ने देखिएको छ । त्यसको लागि २ करोड २५ लाख रुपैयाँ खर्च हुने वानिया निर्माण सेवा, हेटौडाका प्रतिनिधिले जनाएका छन् ।