
सुनवल,२ जेठ । पश्चिम नवलपरासीको सुनवलमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् । आज अपराह्न हावाहुरीसहित पानी परेपछि सुनवल नगरपालिका वडा–७ चारपालामा रहेको प्रतिक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्यापेको हो । घटनामा सुनवल–७ कि ३० वर्षीय मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए । घटनामा सोही स्थानका ४० वर्षीय नरमती परियार, ५१ वर्षीय दुर्गेश्वरा खाम्चा र २२ वर्षीय अनिल थापा घाइते भएका छन् । उहाँहरूको देवदह मेडिकल कलेज रूपन्देहीमा उपचार भइरहेको छ ।