रोटरी युथ लिडरसिप अवार्ड (राइला) २०२५ हुँदै

  • कास्की, १ जेठ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत कास्कीमा रोटरी युथ लिडरसिप अवार्ड (राइला)२०२५ हुँदै । जागौं, सिकौं, अघि बढौं’ नाराका साथ हुने तीनदिने कार्यक्रममा नेपालभरबाट सहभागिता हुने छन ।
    सुन्दर, मनोरम स्थान लुम्लेमा प्रकृतिसँग रमाउँदै सहभागीले आफ्नो क्षमता विकास गर्न सक्ने छन् । सहभागीको क्षमता र सिकाइ आधारमा अवार्ड प्रदान गरिनेछ । अन्नपूर्ण गाउँपालिका अन्तर्गत लुम्ले कृषि अनुसन्धन केन्द्रमा यही जेठ २ देखि ४ गतेसम्म हुने कार्यक्रमको तयारी पूरा भएको छ । १४ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीले भाग लिन पाउने उक्त कार्यक्रम विशेषगरी नेतृत्व कौशल विकासका लागि महत्वपूर्ण मानिन्छ ।
    रोटरी डिष्ट्रिक्टले हरेक वर्ष आयोजना गर्दै आएको राइला गत वर्ष पनि कास्कीकै ढिकुरपोखरको लेवाडेमा भएको थियो ।
    डिष्ट्रिक्ट को–चेयर राजेन्द्र लिगलले गत वर्षको कार्यक्रमपछि यही नै गर्नुपर्छ भनी एकदमै डिमाण्ड आएकाले पोखरा नजिकै लुम्लेमा गर्न लागिएको प्रस्ट पारे । उनले म्याजिक इन लिडरसीप थिममा हुने कार्यक्रमले लिडरसिपका अलावा कम्युनिकेशन पावरसहित आत्मविश्वास बढाउन सघाउ पुग्ने बताए ।
    राइलामा करिब ७० जनाले भाग कार्यक्रम संयोजक रोटरी डिष्ट्रिक्टका को–चेयर एवं रोटरी अन्नपूर्णका पूर्व अध्यक्ष बाबुराम खनालले जानकारी दिए
    रोटरीको डिष्ट्रिक्ट जोन–४ अन्तर्गत करिब डेढ दर्जन क्लब छन् । पोखरामै ११ वटा क्लब छन् । सबै क्लबहरु आयोजक रहने गरी कार्यक्रम भव्यरुपमा सफल पार्न लागिपरेको रोटरी फिस्टेल अध्यक्ष तथा तालिम संयोजक महेश्वर पहारी ले बताए ।
    रोटरी वर्ष २०२५/2०२६ का डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले युवामा निहित प्रतिभा प्रस्फुटन र नेतृत्व क्षमताको विकासमा राइला रोटरीको अभिन्न अंग भएको बताए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation