
बुटवल,३१ वैशाख । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको आज दिउँसो १ बजे बस्दैछ ।
प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैठौं अधिवेशनको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले आह्वान गरेअनुसार बैठक बस्न लागेको हो ।
कार्यसूचीमा समावेश गरिएको छ । जेठको पहिलो हप्ता प्रदेश सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।