
मानपकडी ,२९ बैशाख । रुपन्देहीको शुद्धोदन गाउँपालिका मानपकडी अवस्थित महाकल्प मकै पकेट सञ्चालन समन्वय समितिको आयोजनामा र शुद्धोदन गाउँपालिका कार्यपालिकाको सहयोगमा ५०५ प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार शुद्धोदन कृषि सेवा शाखाको सभा हलमा सम्पन्न भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट बिकास कार्यक्रम संचालनका लागि आएको अनुदानमा स्प्रेटंकी २० थान.2 एच.पी.मोटर २०थान.पम्पसेट ३ थान.डेलिबरी पाइप १५० किलो हेड टेक्टर २ थान. बिभिन्र ठाउँमा १० वटा बोर (स्यालो टयुबेल ) जडान विषादी औंषधी लगायतका कृषि सामाग्री वितरण गरिएको छ।
>महाकल्प कृषि सहकारी संस्थाका अध्यक्ष चिन्तामणी खरेलको अध्यक्षतामा र शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि विष्णुप्रसाद बस्यालले कृषकहरुलाई आधुनिकीकरण तथा ब्यावसायीक बनाउन कृषि सामाग्री तथा औजार वितररण गरिएको र छिटो समयमा काम गरी उत्पादन बढाउन कृषकहरुलाई आग्रह गर्दै ब्यावसायीक रुपमा खेती किसानी गर्ने कृषकहरुलाई गाउँपालिकाले सहयोग गर्न हरेक पल तैयार रहेको अध्यक्ष बस्यालले बताउनुभयो।
उक्त कार्यक्रममा शुद्धोदन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली।शुद्धोदन गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्रभान चौधरी।शुद्धोदन कृषि सेवा शाखा प्रमुख रमेश रेग्मी।सहर्ष सहकारी संस्थाका अध्यक्ष विष्णु गौतम।भगलापुर माविका व्यवस्थापन समितिका अध्यक्ष दिनेश शाहानी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।कार्यक्रम सञ्चालन संस्थाका उपाध्यक्ष नवराज आचार्यले गर्नुभएको थियो।